ताजा अपडेट »

तेल भन्दा पानी महँङ्गो !, गाउँमा अहिले घर-घर मै धारा

मंगलबार, १० फागुन २०७८, ११ : ३२
16 Shares

गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकाको एउटा डाँडोलाईनको सिंङ्गो वस्ती कुनै समय खानेपानीको हाँहकार हुने थलोका रुपमा उदाहरण दिने थलो हो । साविकको पौदीअमराई गाविस, हालको वडा नम्वर १, साविकको मुसिकोट गाविस हालको वडा नम्वर २, साविकको बडागाउँ गाविस, हालको वडा नम्वर ३ र साविकको बडागाउँ गाविस, हालको मुसिकोट नगरपालिका वडा नम्वर ४ को डाँडोलाइर्न त्यस्तो थलो हो । अहिले त्यसै थलोमा घर घरमा पानीको धारा बग्न थालेको छ भन्दा त्यहाँबाट बसाई सराई गरेका र धेरै बर्ष देखि बिदेशमा रहेकाहरुलाई पत्यार नलाग्न पनि सक्छ ।

स्थानीय तहको निर्वाचन अघिसम्म खानेपानीको अभाव भएकै कारण अन्य गाउँका मानिसहरुले पेगा गाउँमा छोरी विवाह गर्न दिन मान्दैन्थे । त्यस गाउँमा कुनै समय प्रत्येक घरधुरीले प्रशस्त गाई भैँसी पाल्थे । घर घरमा घिउ किन्नु पदैन्थ्यो । तोरी घर घरमा फलाउँदै तेलमा पनि आत्मा निर्भर थिए । मात्र त्यहाँका वासीन्दालाई पानीको अभाव थियो ।

त्यसैले पनि त्यहाँका बुढापाकाहरु तेल भन्दा पानी महाँङ्गो छ, हाम्रा गाउँमा भनेर अन्य टोलबासीलाई दुखेसो सुनाउथे । त्यही भएर २०१७ सालमा त्यस गाउँका स्वर्गिय मोहनबहादुर जिसीको नेतृत्वमा गाउँवासीले ३ हजार मिटर दुरीमा रहेको खोलापानी मुहानबाट कुलो खनेर पेंगा गाउँमा पानी ल्याएका थिए । वषौँसम्म गडेलाहरु पन्छाउँदै र लेद्रो पानी तात्दै पानी पिउन बाध्य थिए । पछि हालका वडाध्यक्ष तथा साविक बडागाउँ गाविसका उपाध्यक्ष कर्णध्वज जिसीले २०५६ सालमा भुईमुनीको माथी तान्ने ग्रेवेटी खानेपानी योजना सुरु गरेको पेगाबासीले बताए। वडाध्यक्ष जिसी भन्छन्, त्यो योजना दिर्घकालिन हुन नसके पछि खानेपानीको समस्या जस्ताको त्यस्तै रहन गयो र हामी निर्वाचित भए पछि लिफ्ट खाने पानी योजना अगाडी सारिएको हो ।

स्थानीय तहको निर्वाचनको पहिलो बर्ष सम्म ती वस्तीहरुमा तल खोलाबाट डिजेल पेट्रोलको ड्रममा पानी भरेर ट्याक्टरमा राखेर बेच्न ल्याउनेहरुसंग त्यस डाडाँ वस्तीका वासीन्दाहरुले प्रति लिटर तीन रुपैयाँका दरले पानी किनेर पिउने गर्दथे । मुसिकोट नगरपालिका–३, मैदानका वासिन्दा प्रेमबहादुर जिसी भन्छन्–‘ रातको दुई बजे उठेर धारा पानीको पँधेरोमा पानी भर्न जान्थ्यौं । विहान सात आठ बजे सम्म कुर्दा पनि एक गाग्रो पानी भर्न मुस्कील हुन्थ्यो । हिउँदमा त त्यही पँधेराको पानी सुक्दै जाँदा पानीको हाँहकार भएपछि ट्याक्टरमा बेच्न ल्याएको पानी स्थानीयय तहको निर्वाचन सम्म लिटरको तीन रुपैयाँका दरले किनेर खाईन्थ्यो ।’

स्थानीय तहको निर्वाचन पछि त्यस नगरपालिकाका जनप्रतिनिधीहरुले ती गाउँ लगायका खानेपानीको समस्या खेपेका जनताको खानेपानी समस्यालाई समधानको उपाय खोज्यो । तलको वस्तीमा प्रशस्त पानी खेर गएको छ, माथील्ले वस्तीमा खानेपानीको चरम अभाव । फलतः तलको पानी माथी तान्ने लिफ्टीङ्ग खानेपानी योजना अगाडी सा¥यो । अन्ततः पछिल्लो चार बर्षको अन्तरालमा ४८ वटा खानेपानी योजना सम्पन्न ग¥यो । जसबाट अहिले वडा नम्वर १ , २ , ३ र चारको माथील्लो वस्तीमा यति बेला घर घरमा धारा बगेका छन् । मैदानका उनै जिसी भन्छन्–तलको पानी ल्याएर यसरी अहिले हामीहरुको घर घरमा पानीको धारा बग्ला भनेर हामीले कल्पना समेत गरेका थिएनौं, हामी असाध्धै खुशी छौं र नगरपालिका प्रति आभारि छौं।’

आईतबार जिसी कै अर्को छिमेक वडा नम्वर ३ को पेंगा, धरमपानी, जलुके, खिल्दी गाउँका झण्डै साढे दुई सय घरधुरी लाभान्वित हुने गरि अर्को लिफ्ट सिस्टम खानेपानी योजनाको उद्घाटन भयो । पाउखोला पेगा लिफ्टीङ्ग खानेपानी योजनाको गुल्मी क्षेत्र नम्वर २ का सांसद तथा पुर्वमन्त्री गोकर्णराज बिष्टले उद्घाटन गरेका हुन् । उद्घाटन सत्रको एक दृश्यबाटै थाह भयो कि घर घरमा पानीको धारा आई पुगे पछि त्यस सिङ्गो गाउँबाट गाग्री विस्थापित भई सकेका रहेछन् ।

पँधेरो र गाग्री विस्थापित
उद्घाटन गर्न पेगा गाउँकै श्यामबहादुर थापाको घरमा सांसद बिष्टलाई लगियो । धारामा छिर्नु भन्दा अघि रिवन टाँगिएको थियो । सांसद बिष्टले रिवन काटेर धारामा प्रवेश गरे । उनले भने –‘यो धारा उद्घाटन गर्ने मैले होईन, दिदी बहिनीहरुले गर्ने हो, आउनुहोस दिदी वहिनी धारा खोलेर उद्घाटन गर्नुहोस, त्यसका लागि पहिला गाग्री धारामा ल्याउनुहोस्।’ त्यस पछि दिदी वहिनीहरुले हाँस्दै भने–‘ अहिले त हामीले गाग्रीहरु सिरानको तलामा (घरको तेश्रो तला) थन्काई सकेका छौं ।’

तै पनि नेता बिष्टले महिलाहरुलाई रोकेर केहि बेर गाग्री कुरिरहे । घरको तलामा थन्कााईएका ग्रागी झिक्न त्यस घर धनी महिलालाई करिव १५ मिनेट लाग्यो । पेंगा गाउँका ७२ बर्षीय केशबहादुर जिसीका अनुसार त्यस गाउँमा विगतमा ९ वडा पँधेराहरु थिए । ति विभिन्न पँधेराहरुमा महिलाले मात्रै होईन, पुरुषहरुले समेत चाहेरेर एक एक गाग्रो पानी ल्याउथे । रातको दुई बजे पानी पँधेरोमा धाएको दुख उनी आफैले सुनाए ।

‘एउटा पँधेरोमा दुई तिर स–साना कुवा थिए । बिचमा गाग्रो राखेर दुई तिरैका कुवामा पातको खोची बनाएर पानी गाग्रोमा संगाल्नु पर्दथ्यो । एउटा गाग्री भर्ना राती दुई बजे देखि विहान सम्म कुर्न पर्दाको त्यो दुख सम्झीदा त अहिले घर घरमा पानी धारा आउदा स्वर्ग जस्तै ठानेका छौं ।’ त्यहाँकी ६० बर्षीया कमला जिसी भन्छिन्–‘ मेरो माईती यसै पेंगा गाउँमा हो । हाम्रा लागि तेल भन्दा पानी महँङ्गो थियो तर अहिले त झयालब्याल पानी घर मै बग्दा निकै खुशी छौ ।’

उपल्ला गराको पानी तल्ला गरामा झर्छ, तल्ला गराको पानी उपल्लो गरामा पुग्दैन भन्ने उखान सुनिन्थ्यो, आखिर तलको पानी माथी उक्लेरै छाड्यो त, यस्तो कल्पना गर्नु भएको थियो रु भन्ने प्रश्नमा उनले भने–‘यस्तो त कहिल्लै कल्पना गर्न सकिएन तर जुग अनुसार यस्तो पनि हुँदो रैछ । उनले घर घरमा धारा आए लगत्तै ती ९ वटा पँधेरा मध्ये दुई वटा बाहेक अरु सबै विस्थापित भएको र घरको पँडेल्नामा हुने गाग्री कसैले आँटीमा (घरको तला) थन्काउने गरेको र कसैले घरको ढोका र बाहिरि गेटमा घडाका रुपमा सजाउने गरेको सुनाए ।

पेगा गाउँकी ७० बर्षीया हिमकुमारी पाण्डे खच्याउँदै र ढाड–कम्मर कोखे पार्दै त्यस उद्घाटन समारोहमा आएकी थिईन । उनले भनिन–‘के गरम बरै, विहानभरी पानी गाग्रोमा बोक्दा मेरो यसरी ढाड मर्केर अहिले बुढेसकालमा खच्चाउँदै हिड्नु परेको छ । यि ले हुर्नुस पानी बोक्दा लोटेर (लडेर) मर्केको खुट्टा अहिले सुनिएर यस्तो भएको छ । हामी उति बेलाका छोरी बुहारीहरुले त्यो दुख भोग्यौं । रातका दुई तिन बजे पँधेरामा पुग्यौं । हामीले त अहिले घर घरमा आएको पानी धाराले कति सुख भागौंला र तर अहिलेका बुहारीहरुलाई निकै सुख भयो ।

‘पँधेरोमा पातको खोचीले गाग्रीमा थोपा थोपा पानी भर्ने मै हुँ, अहिले मेरै घरमा दुई वटा धारामा पानी बग्छ । पिउने पानीका अलवा तरकारी खेतीमा सिंचाई पनि गर्न थालेका छौं । हामीले तेल घिउको अभाव कहिल्लै खेपेनौं, एक गाग्रो पानीलाई चार पाँच घण्टा समय लगाउनु पर्दा हाम्रा लागि घिउ तेल भन्दा महंङ्गो थियो ।’त्यस गाउँका शिक्षक अशोक सोमईका अनुसार घर घरमा पानी धारा आए पछि घर घरमा तरकारी खेती गर्न थालिएको छ । पहिलाका भन्दा घर , दलान आँगन पनि निकै सफा देखिन थालेका छन् । पेगा गाउँकी लक्ष्मी अधिकारी भन्छिन –‘पँधेरामा पानी अपुग हुने भए पछि अरु भन्दा म पहिल्लै पुग्छु भनेर अरुले थाह पाउँछन भनेर पानी भर्ने दिउरी ९ भाँडो ० र गाग्री नबझाई र चप्पल पनि नलगाई रातको दुई तिन बजे सुटुक्क पँधेरोमा जान्थ्यौ । कहिले काँही डराउन दिन्थ्यो । राँको बालेर पनि पानी बोकियो । अहिले तर घर मै धारा बग्दा स्वर्ग जस्तै लागेको छ ।’ उनि सहित कार्यक्रममा सहभागि महिलाहरुको मुहारमा खुशी झल्कीएको थियो ।

कार्यक्रमलाई सम्वोधन गर्दै मुसिकोट नगरपालिकाकी खानेपानी योजना शाखा (वास)की संयोजक सिता भुसालले भनिन्–‘आज महिला दिदी वहिनीहरुको मुहारमा हामीले खुशी झल्कीएको देखेका छौं । तपाईहरुको मुहारमा खुशी देखिनु नै स्थानीय सरकार देखि प्रदेश र संघिय सरकारको समेत सफलता हो भन्ने हामीले महशुस गरेका छौं।

उनका अनुसार हाल सम्म सम्पन्न ४८ वटा खानेपानी योजनाबाट त्यस नगरपालिकाभर ६ हजार ३२ घर धुरीमा एक घर एक धारा पुगेका छन् । कुल घरधुरी मध्ये १ हजार ८२९ घरधुरी बाँकी छन् । वर्तमान जनप्रतिनिधीको कार्याकाल भित्र ९० प्रतिशत घरधुरीमा एक घरधारा कार्यक्रम सम्पन्न हुने छ भने यसै स्थानीय सरकारले सुरु गरेको १६ वटा खानेपानी योजना सम्पन्न हुँदा मुसिकोट नगरपालिकाले एक घर एक धारा मुसिकोट घोषणा गरिने छ ।

गडौँला पन्छाउँदै पानी पिउनु परेको स्मरण
त्यस वडाका वडाध्यक्ष कर्णध्वज जिसी सम्वोधन गर्ने क्रममा निकै भावुक देखिए । उनले भने हाम्रा अग्रजहरुले जनश्रमदान गरेर खोलापानीबाट कुलो खनेर त्यसै कुलोका गडेयौंलाहरु पन्छाउँदै र हिलो पानी रुमालमा तादै पिउनु परेका यस गाउँका मानिसहरु मध्ये म पनि एक हुँ । पछि म साविक बडागाउँ गाविसको उपाध्यक्ष जिते पनि ग्राभिटी खानेपाने योजना ल्यायौं तर त्यो पनि धेरै टिक्न नसकेर अहिले लिफ्ट योजना ल्याउनु परेको हो । त्यस नगरपालिका प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसालका अनुसार गत बर्ष मात्रै त्यस पालिकामा दुई करोड भन्दा बढिका महत्वपुर्ण खानेपानी योजनाहरु सम्पन्न भएका थिए । अहिले सम्म त्यहाँका जनप्रतिनिधीहरुले खानेपाने योजनालाई पहिलो प्रथामिकतामा राखेको हुँदा यो स्थितीमा आई पुगेको हो ।

उपमेयर कमला शर्माले भनिन्–‘आफु महिला भएको कारणले गाग्रोमा पानी बोक्दाको पीडा कुखुरीको चोट अचानोलाई मात्रै थाह हुन्छ । राते अवेर देखि विहान अवेर सम्म पानी बोक्दा कैयौं महिलाहरु रागी भएको र फोहर पानी पिउँदा बालबालिकाहरु पनि विभिन्न रोगको शिकार भएको तथ्यलाई मध्ये नजर राखेर आफुहरुले शुद्ध खानेपानी नगरपालिकाको पहिलो सर्त बनेको उनको भनाई थियो।

त्यस खानेपानी योजनाका सचिव श्यामबहादुर थापाले समितिका अध्यक्ष तुल्सी रायमाझीको अगुवाईमा खानेपानी योजन सफल भएको प्रतिकृया दिए । अध्यक्ष तुल्सी रायमाझीले आफुले प्रोपजल पेश गरे पछि नगरपालिकाले आर्थिक बर्ष २०७५/ ०७६ मा ५ लाख विनियोजन गरि दिए पछि यस खानेपानी योजना सम्पन्न गर्ने योजना सफल भएको बताए । उनका अनुसार उक्त योजना २ करोड ३ लाख १९ हजार ११७ रुपैयाँ लाखतमा सम्पन्न भएको हो । उपभोक्ता , प्रदेश सरकार र स्थानीय सरकारको साँझेदारीमा सम्पन्न उक्त योजनाबाट करिव २५० घरधुरी लाभान्वित हुने लक्ष्य लिईए पनि अहिले १ सय ५३ घरधुरीमा एक घर एक धार पुगेको अहिले १ सय ५३ घरधुरीमा एक घर एक धार पुगेको छ ।

खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख अविद हुसैनले त्यस खानेपानी उपभोक्ता समितिलाई योजना हस्तान्तरण गर्दै भने–‘ अब तपाईहरुको काँधमा यस योजना संरक्षण गर्ने जिम्मेवारी थपिएको छ । उपभोक्ताबाट न्युनतम रकम र मिटरको शुल्क नउठे अपनत्व र स्वामित्त नठानिदा २०६४ अघिका खानेपानी योजना बने निर्माण भएको केहि समय मै जिर्ण बने ।

त्यस यता सरकारले उपभोक्ता समेतको साझेदारीमा खानेपानी योजना सञ्चान गर्नु पर्छ भन्ने नीति बनाएका कारण उपभोक्ताबाट रकम उठाईको हो, न कि मुसिकोट नगरपालिकाले चाहेर हो ।’ कार्यक्रममा मेयर सोमनाथ सापकोटाले भने–‘हामी भोट माग्दा चुनाव ताका आउँदा तपाईहरुले दुई चार सय मिटर पाईप माग्नु भएको थियो । चुनावमा भोटको आशले हामीले हुन्छ दिन्छौं पनि भनेका थियौं । तर हाम्रो घोषणा पत्रमा एक घर एक धारा कार्यक्रम थियो । जुन पुरा गर्ने चरणमा छ । हाम्रो कार्यकालमा सबै भन्दा ठुलो काम खानेपानीको चरम अभावमा रहेका जनताका घर घरमा पानी धारा ठानेका छौं ।’

उनले स्थानीय सरकार बन्नु अघि बिसौ तिसौं बर्ष अघि सम्म भएका विकास कार्य र पछिल्लो चार पाँच बर्षमा भएका विकास निर्माणलाई दाँजेर हेर्न विपक्षी दलका नेताहरुलाई चुनौती दिए । कार्यक्रममा नेपाली कांग्रेका जिल्ला सदस्य झविन्द्र भण्डारीले त्यस अघि बोलेका कुरालाई उदृत गर्दै भने–‘ यस अघि जना बक्ताले खानेपानी निशुल्क हुनु पर्छ भनेर भन्नु भयो । त्यही कुराले जनताको मन जित्न सकिन्छ भनेर सायद उहाँले भोट माग्दै हुनुहुन्छ । तर भन्न र गर्न निकै फरक पर्दो रहेछ भन्ने अनुभुति हामीले गरेका छौ ।’

प्रदेश सांसद खड्क केसीले प्रदेश सरकारको समेत एक घर एक धारा कार्यक्रम रहेकोले बजेटको ठुलो हिस्सा प्रदेश सरकारबाट पारिएको बताए । सांसद तथा पुर्वमन्त्री गोकर्ण बिष्टले आफ्नो क्षेत्रमा हाल सम्म ६० देखि ७० प्रतिशत सम्म एक घर एक धारा कार्यक्रम सम्पन्न भई सकेको र आगमी केहि बर्ष भित्रै यो कार्यक्रम सम्पन्न गर्ने उद्घोष गरे । उनले भने–‘यो मुसिकोटमा मात्रै होईन, उ पारि हेर्नुस त पारि इस्मा गाउँपलिकाको उजुङ्गमा एक गाग्रो पानीका लागि त्यहाँका जनताले चार पाँच घण्टा सम्मको उकालो ओरालु धाउनु पर्दथ्यो । अहिले हेर्नुस त त्यस उजुङ्गको डाँडो लाईनमा पनि एक घर एक धारा पुगेको छ । ’ एक घर एक धारा कार्यक्रम सञ्चालन गरेका अन्य गाउँपालिका सहित हजारौं गुल्मीका जनताको घर घरमा पानीको धारा पुगे पछि साँच्ची कै नजिकको सरकार रहेछ भनेर जनताले अनुभुत गरेको पाईएको छ ।

प्रेम सुनार
लेखकको बारेमा
प्रेम सुनार