ताजा अपडेट »

पश्चिम नवलपरासीमा ४ जना बन्दकर्ता पक्राउ

बुधबार, ०४ फागुन २०७८, १३ : ३३
6 Shares

परासी । पाँच कम्युनिष्ट पार्टी र दुई मोर्चाले एमसीसी खारेजीको माग गर्दै गरेको बन्द आब्हानको क्रममा पश्चिम नवलपरासीको बर्दघाटबाट ४ जनालाई प्रहरीले गिरफ्तार गरेको छ । त्रिवेणीचोक पश्चिम २२ नम्बर पुल नजिकै सडक अबरोध गरेका उनीहरुलाई ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटेको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

नेकपा (क्रान्तिकारी माओवादी)प्रदेश सचिवालय सदस्य तथा जिल्ला सेक्रेटरी छबिलाल खराल, सदस्य क्षेत्र बहादुर थापा क्षेत्री, जिल्ला सचिवालय सदस्य तथा बर्दघाट नगर सेक्रेटरी रामचन्द्र पोखरेल र बिप्लव नेकपाका जिल्ला समिति सदस्य सुमन ज्ञवालीलाई बर्दघाट प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय परासीका प्रवक्ता डिएसपी प्रेम बहादुर शाहीले जानकारी दिए। उनीहरुलाई ईलाका प्रहरी कार्यालयमा राखिएको छ ।

बन्दकर्ताले ठाँउ ठाँउमा टायर बालेर अवरोध पु¥याएका छन् । बन्दको अबज्ञा गरेको भन्दै दाउन्ने जंगल क्षेत्रमा एक भारतीय नम्बर प्लेटको तोडफोड भएको छ । युपी ३६ टी ४७३३ नम्बरको भारतीय ट्रक र भुताहामा एक ट्रक तोडफोड् गरेको जनाइएको छ ।

बेनी माधव बस्याल
लेखकको बारेमा
बेनी माधव बस्याल