ताजा अपडेट »

सन्दर्भ: प्रेम दिवस, सम्वन्ध विच्छेदका लागि करोडसम्म तिर्न विवस

सोमबार, ०२ फागुन २०७८, २० : ४३
8 Shares

गुल्मी । सोमबार भ्यालेन्टाईन्स डे अर्थात प्रेम दिवसको दिन विहानै हामी गुल्मीको मुसिकोट नगरपालिकाको केन्द्र वामीटक्सारबाट सदरमुकाम तम्घास तर्फ आउँदै थियौं । सोही क्रममा सोही नगरपालिकाको वडा नम्वर–३, बडागाउँ मैदान बजारका दुई महिलाहरुले हात उठाएर हामीलाई रोके केही भन्न खोजिरहेका थिए । ‘हाम्रो परिवारको अवस्था बिजोग भयो । हामी रोएर बसेका छौं । हाम्रो भाई बौलाह जस्तो भएर हिँडेको छ । तपाईहरुले हामीमाथि यस्तो अन्याय भएर पनि कुरा उठाई दिनु भएन् ।’–गुनासोसहितको पीडा सुनाउँदै उनीहरुले भने ।

त्यसपछि हामीले ती महिलाहरुको पीडामा मिसिएको रहस्य खोतल्न लाग्यौं । घटनाको विवरण सनाउँदै उनीहरुले सुनाए अनुसार, चरम गरिबीमा रहेको उनीहरुको परिवारका एक छोरा पक बहादुर क्षेत्री (नाम परिर्वन) वैदेशिक रोजगारका लागि कतारमा गएको बेला रनमाया मगर (नाम परिवर्तन ) सँग फोनमार्फत चिनजानहुँदै प्रेम सम्बन्ध सुरु भयो ।

क्षेत्री विदेशबाट फर्केपछि प्रेमीका मगरसँग २०६७ सालमा गरे । त्यसपछि श्रीमति बनेकी मगरले सदरमुकाम तम्घास मै डेरा गरि बसौं बुढा भनिन् र उनिहरु तम्घासमै डेरा गरि बसे । लगत्तै एक सन्तान छोरी जन्मिईन । श्रीमान क्षेत्री पुनः बैदेशिक रोजगारसंगै विभिन्न स्थानमा काम गर्दै रहेको बेला श्रीमति मगरले विभिन्न लघुवित्तबाट ऋण लिएर तम्घास मै पसल सुरु गरिन् । विभिन्न सहकारी संस्थासहित लघुविक्तको ऋणको भारीले थाल खाउँ कि भात खाउँँ भएकी श्रीमति मगर तम्घास बजार छाडेर बेपत्ता भईन् ।

बडागाउँ मैदानकी बासिन्दा तथा पीडित परिवारकी छिमेकी कमला घिमिरे भन्छिन् –‘यस्तो बिजोग गराईन कि ती महिलाले यसरी कोही पनि महिला यस गाउँबाट हिडेको थाह थिएन, मैदानकै साना किसान कृषि सहकारी संस्थाबाट ५ लाख, तम्घासको मैत्री बुहुउद्देश्य सहकारी संस्थाबाट ५ लाख र अन्य विभिन्न लघुवित्तबाट लिएको ऋण २० लाख भन्दा बढि छ । ती महिला बेपत्ता भएदेखि त्यो परिवार रातै दिन रोएर बसेको छ ।’

बेपत्ता ती महिलाका श्रीमान ऋणको पीडाले कुलतमा फसेर आफ्नै जीन्दगी बेहाल बनाइरहेको उनकी आमा, सानीमा र अन्य सदस्यले बताए । दिनहुँ साहुहरुले ऋण असुली गर्न दबाब दिइरहँदा आत्महत्या गर्नेसम्मको मनस्थितीमाप पुगेको ती युवाले बताउने गरेका छन् ।

गत भदौ महिनामा श्रीमानसँग सम्वन्ध बिच्छेद भएको त्यो परिवारको समस्या सुनेपछि हामी गुल्मीको जिल्ला अदालतमा आएर ती परिवारको वेदना सुनायौं । अदालतका तहसिलदार रामबहादुर कुँवर लगायतका कर्माचारीहरु र बारएसोशियनका अध्यक्ष गोपाल प्रसाद पाण्डे लगायतलाई हामीले गुनासो सुनायौं । हामीले गम्भीर मानेर उनीहरुलाई सुनाएको पीडायुक्त कहाँनीमा उनीहरुले भने हाँसोमै उडाउन थाले ।

बारएसोशिनका अध्यक्ष गोपाल प्रसाद पाण्डेले भने –‘तपाई २० लाखको कुरा गर्नु हुन्छ तर यहि अदालतबाट यसै तम्घासकी एक महिलाले कम्तीमा ७० लाखदेखि एक करोड बढि मुल्य पर्ने पक्की घर सम्वन्ध विच्छेदको मुद्दामा हात पारेकी छन् ।’ उनका अनुसार सम्वन्ध विच्छेदको मुद्दामा त्यति ठूलो रकम हाता पार्ने उनि त्यस अदालतको उक्त मुद्दामा पहिलो महिला हुन् ।

त्यस कुरामा सहमत जनाउँदै जिल्ला अदालत गुल्मीका तहसिलदार रामबहादुर कुँवरले भने–‘त्यसपछिको दोश्रो ठूलो रकम सम्वन्ध विच्छेद मुद्दामा अर्की महिलाले यही तम्घासमा २० लाख नगदसहित १० लाख पर्ने घर हात पारेकी छन् ।’ उक्त घटना बारे सुनाउँदै उनले अघि भने पछिल्लो ६ महिना मै त्यस अदालतबाट १९८ जनाले सम्वन्ध विच्छेदको मुद्दा दिएका छन् ।

उनका अनुसार ४० जना पुरुषले श्रीमतिबाट सम्वन्ध विच्छेद गरि पाउँ भनि मुद्दा दिएका छन् । ति मध्ये १६१ मुद्दा फर्छ्योट भएका छन् । ३७ वटा मुद्दा बिचारधिन छन् । सम्वन्ध विच्छेदका लागि परेका अधिकांस मुद्दा प्रेम विवाह गरेका जोडीहरुका छन् ।

प्रेम विवाह गरेका कतिपयले त विवाहको एक डेढ महिना नवित्दै सम्वन्ध विच्भ्छेदको मुद्दा दिएको कुँवरले बताए । उनका अनुसार सम्वन्ध विच्छेदका कुल मुद्दाको २५ प्रतिशतले मलाई केहि पनि चाँहिदैन, मलाई उ बाट छुट्टिन पाए हुन्छ भन्ने प्रकृतिका छन् । सम्वन्ध बिच्छेदका मुद्धामा आर्थिक रुपमाले बढि ढाड सेकाईमा वैदेशिक रोजगारमा जाने र सेना प्रहरीको जागिरमा हुनेहरु परेका छन् ।

यसरी उनीहरुले तथ्याङ्कसहित प्रस्तुत गरेका विभिन्न घटनाहरु सुनेपछि हामीले गम्भीर घटना मानेर गुनासो गर्न पुगेका व्यक्तिहरुनै अवाक भयौं । सामाजिक सञ्जाल तथा अन्य विभिन्न माध्यमबाट हुने सामान्य कुराकानीसँगै हिमचिम बढ्दै जाँदा जीवनै बर्वाद हुने गरी गरिएको प्रेम सम्बन्ध के प्रेम सम्बन्ध ?

प्रेम सुनार
लेखकको बारेमा
प्रेम सुनार