ताजा अपडेट »

रुपन्देहीको देवदहमा महिलासहित बालिकाको शव फेला

मंगलबार, ११ माघ २०७८, १५ : ४०
10 Shares

बुटवल । रुपन्देहीको देवदहमा एक महिलासहित बालिकाको शव फेला परेको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत देवदह नगरपालिका घोडाहा जंगलमा आज मंगलबार दिउँसो उनीहरुको सब फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

अन्दाजी ३५ वर्षीय महिलासँगै अन्दाजी ७ वर्षको बालिका मृत अवस्थामा भेटिएको हो । देवनदह नगरापलिका–९ मा अवस्थित राजमार्गदेखि करिब २५/३० मिटर जँगलमा सब फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सहायक प्रवक्ता भास्कर चन्दले जानकारी दिए । मधेशी मूलको जस्तो देखिने उनीहरुको सब बरामदसँगै आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरी जनाएको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय बुटवल र देवदह प्रहरी चौकीबाट खटिएको टोलीले घटना बारे थप अनुसन्धानलाई अघि बढाएको हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।