१२ जेष्ठ २०७९, बिहीबार

May 26, 2022

काठमाण्डौं । संसारकै धनाढ्य एलन मस्कको ब्रेन इम्प्लान्ट (मष्तिस्क प्रत्यारोपण) कम्पनी न्युरलिंकले मानिसको दिमागमा ब्रेन चिप परीक्षण गर्ने तयारी गरेको छ । कम्पनीले मानिसमा मष्तिस्क प्रत्यारोपणको परीक्षण गर्न हालै क्लिनिकल ट्रायल डाइरेक्टर पदका लागि आवेदन माग गरेको छ ।

Advertisement

यो कम्पनीले हालसम्म सुँगुर र बाँदरको मष्तिस्क प्रत्यारोपणको सफल परीक्षण गरिसकेको छ । अब भने कम्पनी मान्छेमा नै ब्रेन चिपकाे परीक्षण गर्ने तयारीमा जुटेकाे छ । कम्पनीले प्रत्यारोपणका लागि एउटा सानो सिक्का जस्तो उपकरण प्रयोग गर्नेछ,, जुन पातलो र लचिलो तारहरू जडित इलेक्ट्रोडहरूबाट बनेको छ ।

यो उपकरणलाई सर्वव्यापी रुपमा प्रयोग गर्न कम्पनीले फुड एण्ड ड्रग एड्मिनिस्ट्रेशनबाट अनुमति लिनुपर्ने हुन्छ, जसका लागि कम्पनीले यो उपकरण पहिले मान्छेमा परीक्षण गर्नुपर्नेछ । मस्कले यो उपकरण विभिन्न न्युरोलोजिकल समस्याहरूलाई सामाधान गर्न विकास गरेको बताएका छन् ।

मस्कका अनुसार चिपमार्फत व्यक्तिको दिमाग सोझै कम्प्युटरसँग जोडिनेछ । यदि यो सफल भएको खण्डमा विशेषगरी पक्षघात भएका मानिसको शरीरलाई नियन्त्रण गर्न सकिने कम्पनीको दाबी छ । त्यतिमात्रै नभएर मानिसको शरीर कम्प्युटरको सहायताले चल्ने हुँदा सामान्य मानिसको तुलनमा धेरै गुणा बढी सक्रिय हुनसक्ने आँकलन गरिएको छ ।

एलन मस्कले सन् २०१६ मा न्युरलिङ्क कम्पनीको स्थापना गरेका थिए, जो अल्ट्रा हाइ ब्रेन मसिन इन्टरफेस तयार पार्ने कार्यमा जुटेको छ । जो रोगनको पोडकास्ट शोमा बोल्दै मस्कले मानिसको दिमागमा चिप लगाउने काम एउटा रोबोटले गर्ने जानकारी दिए । उनका अनुसार यो प्रविधि करिब २५ वर्षमा पूर्ण ब्रेन इन्टरफेसको रुपमा समेत तयार हुनसक्नेछ । –टेकपाना

प्रतिकृया दिनुहोस्

Flash News

तिलोत्तमामा खाँण ८४५ मतले अगाडि, अब ३ हजार मत गन्न बाँकी ओलीले नीति तथा कार्यक्रममा लिम्पियाधुरा, लिपुलेक खोजेपछि प्रकाशमानले दिए जवाफ निर्वाचन शान्तिपूर्ण र धाँधलीरहित सम्पन्न भाे: झलनाथ शुक्रबारबाट क्यूएफएक्ससहित देशभरका हलमा ‘कबड्डी-४’ सत्तारुढ गठबन्धनले नेपालको स्वतन्त्र र असंलग्नता परराष्ट्र नीति परित्याग गरेको हो : रावल दश महिनामा एक अर्ब २१ करोडको फेसमास्क नेपाल भित्रियो इपीजी प्रतिवेदन बुझ्न प्रधानमन्त्री देउवालाई ओलीको आग्रह विद्यालय जाँदै गरेकी बालिकामाथि बलात्कार प्रयास वाइडबडी र सुनकाण्ड छानबिन गर्न सरकारलाई ओलीको चुनौती आगोले जलेकी विरामीलाई छाडेर फर्कियो बुद्ध एयर, चर्को आलोचनापछि प्रस्टीकरण हवाइजहाजको टिकट पाउन पनि शक्ति केन्द्रको भर ३५ हजार ३४ जनप्रतिनिधि निर्वाचित, कुन दलले कति जिते ? परराष्ट्र नीतिलाई असन्तुलित र सत्ता स्वार्थमा संकुचित गरिएकाे ओली आराेप एमाले सत्यसँग लड्दैन, शक्तिसँग झुक्दैन : ओली विश्वव्यापी मन्दी आउन सक्ने विश्व बैंकको चेतावनी सरकारको नीति तथा कार्यक्रम चास्नीमा नडुबाएको जेरी जस्तो : ओली त्रिवि शिक्षण अस्पतालमा एमबीबीएसमा भर्ना गरिदिन्छु भन्दै १७ लाख ठगी विदेश पठाई दिन्छु भनि २५ लाख ठगी गर्ने एक जना पक्राउ निर्वाचनमा प्रतिपक्षी दलमाथि सरकार निर्मम ढंगले प्रस्तुत भएको ओलीको आरोप अस्वस्थ भएपछि ओलीले प्रतिनिधिसभामा बसेरै गरे सम्बाेधन