ताजा अपडेट »

रुपन्देहीमा ६ लाख बढीले लगाए कोरोना विरुद्धको खोप, कुन पालिकामा कति ?

बुधबार, २८ पुस २०७८, १७ : २९
4 Shares

बुटवल । रुपन्देहीमा ६ लाख ३३ हजार १ जनाले कोरोना विरुद्धको पहिलो डोज खोप लगाएका छन् । जिल्लामा १० लाख ८७ हजार ४६४ जनसंख्या रहेकोमा खोप लगाउन योग्य (१८ वर्ष भन्दा माथिका) ७ लाख १३ हजार १६८ जनसंख्या रहेको छन् ।

जसमध्ये ८८.८६ प्रतिशत अर्थात ६ लाख ३३ हजार १ जनाले कोरोना विरुद्धको पहिलो डोज र ५७.६० अर्थात ४ लाख १० हजार ७८८ जनाले कोरोना विरुद्धको पहिलो र दास्रो डोज लगाएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । जिल्लामा कोरोना विरुद्धको कोभिसिल्ड र एस्ट्राजेनिकाको पहिलो डोज ८४ हजार ४०१ जनाले लगाएका छन् भने दुबै डोज ५९ हजार ४७ जनाले लगाएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

यस्तै भेरोसिलको पहिलो डोज ४ लाख ८६ हजार ६०३ र दुबै डोज २ लाख ९६ हजार ८८३ जना, ५४ हजार ८५८ जनाले कोरोना विरुद्धको जोनसन एण्ड जोनसन खोप लगाएका छन् । यस्तै फाइजरको पहिलो डोज २ हजार ४ सय र दुबै डोज २ हजार २ सय ३६ जना र मोर्डना खोप ४ हजार ७३९ जनाले लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

कुन पालिकामा कतिले लगाए खोप ?
बुटवल उपमहानगरपालिकामा अहिलेसम्म १ लाख २४ हजार ७३६ जनाले कोरोना विरुद्धको पहिलो खोप लगाएका छन् भने दुबै डोज ७४ हजार ६०४ जनाले लगाएका छन् । देवदह नगरपालिकामा ४२ हजार ५९८ जनाले पहिलो डोज र ४० हजार २ सय ८८ जनाले दुबै डोज खोप लगाएका छन् ।

सैनामैना नगरपालिकामा ४५ हजार ६९ जनाले पहिलो डोज र २२ हजार ६ सय १४ जनाले दुबै डोज, कञ्चन गाउँपालिकामा २३ हजार ७३९ जनाले पहिलो डोज र ९ हजार २५६ जनाले दुबै डोज, गैडहवा गाउँपालिकामा २७ हजार ४६४ जनाले पहिलो डोज मात्रै र १० हजार ५ सय ८९ जनाले दुबै डोज, सुद्धोधन गाउँपालिकामा २२ हजार १६७ जनाले पहिलो डोज र ९ हजार ५७२ जनाले दुबै डोज, सियारी गाउँपालिकामा ३० हजार ९८७ जनाले पहिलो र ११ हजार १६५ जनाले दुबै डोज, तिलोत्तमा नगरपालिकामा ८६ हजार ३२८ पहिलो डोज र ८६ हजार ६७४ जनाले दुबै डोज खोप लगाएको खोप अधिकृत शर्माले बताए ।

ओमसतिया गाउँपालिकामा २४ हजार १७३ जनाले पहिलो डोज र २३ हजार ५६८ जनाले दुबै डोज खोप, रोहिणी गाउँपालिकामा २३ हजार ५३९ जनाले पहिलो डोज खोप र १९ हजार ८४७ जनाले दुबै डोज, सिद्धार्थनगर नगरपालिकामा ३९ हजार ७५१ जनाले पहिलो डोज र ३२ हजार ८६२ जनाले दुबै डोज, मायादेवी गाउँपालिकामा २९ हजार ५४१ ले पहिलो डोज र ११ हजार ८७३ जनाले दुबै डोज खोप लगाएका छन् ।

लुम्बिनी सांस्कृतिक नगरपालिकामा ३९ हजार ६३ जनाले पहिलो डोज र २९ हजार १०१ दुबै डोज, कोटिमाई गाउँपालिकामा २२ हजार ५४९ जनाले पहिलो डोज र ९ हजार ७४७ ले दुबै डोज, सम्मरीमाई गाउँपालिकामा १९ हजार ४८० जनाले पहिलो डोज र ८ हजार ५९८ जनाले दुबै डोज, मर्चवारी गाउँपालिकामा १७ हजार ५०२ जनाले पहिलो डोज र १० हजार ४४० जनाले कोरोना विरुद्धको दुबै डोज खोप लगाएको खोप अधिकृति शर्माले बताए ।

बुटवल उपहानगरपालिका र तिलोत्तमा नगरपालिकामा लक्षित समूह भन्दा धेरैले कोरोना विरुद्धको खोप लगाएको स्वास्थ्य कार्यालयका खोप अधिकृत शर्माले बताए । ‘बुटवलमा र तिलोत्तमामा जिल्ला भन्दा बाहिरबाट आएर बसोबास गरेकाले पनि खोप लगाउनु भएको छ । यसकारणले ती पालिकामा लक्षित समूह भन्दा धेरैले कोरोना विरुद्धको खोप लगाउनु भएको छ ।’-शर्माले भने ।

जिल्लामा अहिले कोरोना विरुद्धको भेरोसिल खोपको अभियान जारी रहेको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका खोप अधिकृत भेषराज शर्माले बताए । कोभिसिल्ड र एस्ट्राजेनिका खोपको पहिलो मात्र लगाएर दास्रो डोज खोप लगाउन बाँकी रहेकाहरुलाई भेरोसिलको खोप अभियान सकिएपछि लगाउने व्यवस्था मिलाइने खोप अधिकृत शर्माले बताए ।

‘अहिले जिल्लामा कोरोना विरुद्धको खोपको अभियान नै सञ्चालन गरेका छौँ ।’ ग्लोबल आवाजसँग कुराकानी गर्दैै खोप अधिकृत शर्माले भने ‘कोभिसिल्ड र एस्ट्राजेनिका खोपको पहिलो डोज लगाएर लामो समयसम्म पनि दोस्रो लगाउन नपाएकाहरुका लागि भेरोसिलको खोप अभियान सकिए लगत्तै व्यवस्था गछौँ ।’ साथै जिल्लामा कोरोना विरुद्धको खोपको अभाव नरहेकाले छिट्टै नै सबैले कोरोना विरुद्धको सबै खोप लगाउन पाउने खोप अधिकृत थापाले बताए ।

बसन्त आचार्य
लेखकको बारेमा
बसन्त आचार्य

आचार्य ग्लोबल आवाज अनलाइनका डेस्क संयोजक हुन् ।