ताजा अपडेट »

बागेश्वरी संगीतालयद्वारा ‘राग मञ्जरी’, प्रत्येक महिनाको अन्तिम शनिबार प्रस्तुती

आइतबार, २५ पुस २०७८, १६ : २५
10 Shares

बुटवल। बुटवलको बागेश्वरी संगीतालयले पहिलोपटक राग मञ्जरी शुरु गरेको छ । दुई दशकदेखि संगीत, नृत्य र अभिनयका विविध क्षेत्रमा प्रशिक्षण सञ्चालन गर्दै आएको बागेश्वरी संगीतालयले पहिलोपटक राग मञ्जरी शुरु गरेको हो।

अब प्रत्येक महिनाको अन्तिम शनिबार दिउँसो ३ बजे शृंखला शुरू गरिने संगीतलायका प्राचार्य तथा संगीतकार सुरेश सेन्चुरीले बताए । पहिलो शृंखलामा संगीतालयका विभिन्न वर्षका विद्यार्थीहरुले ५ वटा रागहरु प्रस्तुत गरेको सेन्चुरीले बताए। तेस्रो वर्षका वसन्त सारु मगरले राग तिलककामोद, तेस्रो वर्षकै अनुज गाहाले राग यमन, चौथो वर्षका सुमन थापा ठकुरीले राग जयजमन्ती, शंकर गुरुङले राग भीमपलासील र राग मालकोश संयुक्त प्रस्तुती गरेका थिए।

संगीतलायका प्राचार्य तथा संगीतकार सुरेश सेन्चुरीले संगीतको गहिराई नै राग भएकाले रागको मर्मबारे चर्चा गर्नको लागि राग मंजरी शुरुवात गरिएको उनले बताए। कार्यक्रममा यस क्षेत्रका कवि, लेखक तथा विभिन्न विधाका व्यक्तिहरुको सहभागिता थियो।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।