ताजा अपडेट »

कहाँ अल्झिएँ म !

शुक्रबार, २३ पुस २०७८, १६ : ३४
16 Shares

हिजो म र तिमी (पुरुष)संगै त हिँडेका थियौं ढुङ्गे युगबाट बाटो सुरु गर्दा,
तर, तिमी त निकै अगाडि पो पुगेछौं कसरी पछाडि परें म ? अल्झिएँ कहाँ म

मैले बुझ्न चाहान्छु ! सुन्न चाहान्छु !
छोरा भन्दा हर्ष बढाई छोरी भने रुनी
नजम्दै हेपिएको कस्तो छोरी को जुनी !
समाजको नियतीले फेरिएन दिन,
त्यो कोखीको घाउ एउटै फरक पार्यौ किन ?

काकाको छोरा मेरो बाबाको हकवाला उही मेरो भाइ उसलाई भकुण्डो खेल्न दिएर, गुडिया चै किन नकिनिदिएको होला, मलाई चै गुडिया दिएर,भकुण्डो किन नाकिनिदिएको होला ? मैले बुझ्न चाहन्छु ! सुन्न चाहान्छु !!

सुन्छु नारी र पुरुष त रथ का दुई पाङ्ग्र भन्नी आमा पनि त रथ हाक्न बाबासंगै कुदिरहेकी छिन् नि तर पनि पुरुष प्रधान समाजले उनी कुदेको किन देखेन होला ? मैले बुझ्न चाहन्छु ! सुन्न चाहान्छु !!

हिजो भर्खरै सुनेको समाचारमा,छोरी छ भनी अस्पताल मै झण्डै पतन भएछ ! झुक्कीएर डा. साबले ‘ए छोरा पो रहेछ”भन्दा फेरि जतन भएछ !!
छोरी छोरीकी आमा बनेकी मेरी आमा तिम्रो
अनुहारको पिडा पढ्न चाहान्छु ! मैले बुझ्न चाहान्छु !!

भेला, गोष्ठी समारोह, तिमी सँधै बाहिर सजिनी
पेशा बिहीन फुर्सदिली म, दिनभर घरमै कजिनी
साथी–भाइका श्रीमती जागिरे पो छन रे
केहि गर्दिन मेरीले, खाली कसरी भए म ??
मैले बुझ्न चाहन्छु ! सुन्न चाहान्छु !!

जन्मँदै कोटामा जन्मिएकी मलाई
आरक्षण कोटा बाहेक, छैन केही थाहा अरु
वर्चस्व तिम्रै छ सक्दिन जित्न यसै, हार्छु अनायासै बरु
शक्ति खुम्चाएर हार्नुपर्ने समाज, तिमीले बनायौं किन ?
मैले बुझ्न चाहन्छु ! सुन्न चाहान्छु !!

कहाँ लेखिएको छ कि, छोराले यो हुन्छ गर्न, छोरीले त्यो हुन्न
लेखिएका ति नियतीका नियमहरु, पढ्न चाहान्छु !
उकुसमुकुस भाका मनलाई, बुझ्न चाहन्छु !!
तिमीले त यस्तो कानुन बनाएनौ होला भन्दै
भगवानसंग गुनगुनाउन चाहन्छु ! सुन्न चाहान्छु !!

नीति होइन नियती फेर्नुपर्यो
म संगै यात्रा गरी प्रथम भएको तिमीलाई मेरो एउटा सानो अनुरोध छ, तिमी मलाई थोरै बुझ्ने प्रयास गर,मेरा भावना र वेदनालाई महसुस गर ।
तिमीलाई जन्म दिने पनि कसैकी छोरी हुन !
तिमीलाई साथमा साथ दिने तिम्री अर्धान्गिनी पनि कसैकी छोरी हुन !!
अनि तिमीलाई धेरै माया गर्ने बाबा भनेर बोलाउने पनि त तिम्री छोरी नै हुन !!
‘अनि त तिमीले नबुझे कसले बुझ्ने !!!

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।