ताजा अपडेट »

राष्ट्रियसभाको चुनावको लागि दाङमा अधिकृतको कार्यालय स्थापना

विहीबार, १५ पुस २०७८, १९ : ५९
16 Shares

दाङ । राष्ट्रियसभा सदस्यको लागि हुन थालेको निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय घोराहीमा स्थापना गरिएको छ । प्रदेश निर्वाचन कार्यालय दाङमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । कार्यालयको उद्घाटन जिल्ला न्यायाधीश तथा निर्वाचन अधिकृत रितेन्द्र थापा र प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले गरेका हुन् ।

कार्यालय स्थापनासँगै विधिवतरुपमा राष्ट्रियसभाको निर्वाचनको प्रक्रिया सुरु भएको निर्वाचन कार्यालयले जनाएको छ । लुम्बिनी प्रदेशमा ३ जनाको लागि निर्वाचन हुन लागेको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका निमित्त प्रमुख निमराज भट्टराईले बताए । महिला, दलित तथा अन्य समुदायका लागि निर्वाचन हुन थालेको उनले बताए ।

लुम्बिनी प्रदेशमा २ सय ९६ जना मतदाताहरु रहेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । स्थानीय तहका प्रमुख, उपप्रमुख तथा प्रदेश सभाका सदस्यहरुले मतदान गर्न पाउने व्यवस्था छ । राष्ट्रियसभा सदस्यका लागि आउँदो माघ १२ गते निर्वाचन हुँदैछ । घोराहीको कर्मचारी मिलन केन्द्रमा मतदान हुने प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

सुमन केसी
लेखकको बारेमा
सुमन केसी