१३ माघ २०७८, बिहीबार

Jan 27, 2022

तस्वीर,गुगलबाट

पूर्णिमा पछिको एघारौँ दिन अनि औँशी पछिको एघारौँ दिनलाई एकादशी भनिन्छ । हरेक ४० देखि ४८ दिनमा मानव प्रणाली एउटा चक्रबाट गुज्रिन्छ, जसलाई मण्डल भनिन्छ । यो अवधिमा तीन दिनहरू यस्ता हुन्छन्, जब शरीरले खाना खान चाहँदैन । ती ३ दिनहरू व्यक्ति-व्यक्तिहरू बीच फरक हुन सक्छन्, अनि बराबर अन्तरालमा नआउन पनि सक्छन् । यदि तपाईंले ती ३ दिनहरू पत्ता लगाउनुभयो र ती दिनहरूमा शरीरलाई खाना दिनुभएन भने (किनकि शरीरले खान चाहँदैन), यो सरल अभ्यासले पनि तपाईंका थुप्रै समस्याहरू समाधान गर्नेछ ।

Advertisement


″यति क्यालोरी, यति प्रोटिन र यति मिनिरल खानुपर्छ″ भन्ने वाहियात् कुरालाई नपछ्याएर आफ्नो शरीरलाई पर्याप्त ध्यान दिने हो भने, शारीरिक प्रणालीमा हुने यो चक्रलाई अधिकांश मानिसहरूले पहिचान गर्न सक्दछन् । साथै, ती तीन दिनहरू सजिलै थाहा पाउन सकिन्छ । तसर्थ, यो बताइएको थियो कि ४८ दिनमा ३ दिन तपाईंले केही खानुहुँदैन । यो यसकारण भनिएको हो, किनकि कसैले आफ्नो प्रणालीलाई गहिराइमा हेरे अनि त्यसबाट यो कुरा व्यक्त गरे । तर, सबै मानिसहरू यसप्रति सचेतन नहुने भएकोले उपवासको लागि एकादशी निर्धारित गरिएको हो । यदि तपाईंले हेर्नुभयो भने, ४८ दिनमा ३ वटा एकादशी पर्छन् ।

उपवास वा व्रत बस्नुको कारण के हो भने, यसदिन पृथ्वी विशेष अवस्थामा हुन्छ, अनि हामीले आफ्नो शरीरलाई हलुका राखी ग्रहणशीलताको लागि उपलब्ध बनायौँ भने, हाम्रो जागरूकता वा चेतना भित्रतर्फ फर्किन्छ । यसदिन आफ्नो भित्री आयामको ढोका खोल्ने सम्भावना बढी हुन्छ । तर, यदि तपाईंको पेट टन्न भरिएको छ अनि तपाईं अचेतन र सुस्त हुनुहुन्छ भने, तपाईं यसलाई महसुस गर्न सक्नुहुन्न । अतः सतर्क र सजग रहन, साथै शरीरलाई शुद्ध गर्नको निम्ति यसदिन हामी केही खाँदैनौँ— अघिल्लो रातमा खाना खाएपछि हामी एकादशीको रातमा मात्र खाना खान्छौँ ।

आफ्नो कामको प्रकृतिले गर्दा वा उचित साधनाको अभावले गर्दा, तपाईं केही नखाइकन बस्न सक्नुहुन्न् भने, तपाईं फलाहार रोज्न सक्नुहुन्छ— यो पेटको लागि हलुका हुन्छ र आफ्नो भित्री आयामको लागि ढोका खोल्न सहायक हुन्छ । जबरजस्ती केही नखाइकन बस्नु उचित होइन । उपवासको अभिप्राय के हो भने, हामी हरेक चीजलाई चेतनशील हुने प्रक्रिया बनाउन चाहन्छौँ । हामी बाध्यात्मक रूपमा खान चाहँदैनौँ, बरु सचेतनपूर्वक रोज्दछौँ ।-न्युज कारखाना

-सदगुरुको प्रवचनमा आधारित

प्रतिकृया दिनुहोस्

Flash News

तिनाउमा मृत भेटिएकी महिला सैनामैनाकी जित कुमारी घरेलु मैदानमा आर्मीलाई हराउँदै मनाङ फाइनलमा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. गिरीमाथि ढुंगा प्रहार बुटवलको कालिकापथ वाइपास सडक : आधा अवधि सकिँदा २० प्रतिशत प्रगति तिलोत्तमाको डिङ्गरनगर र हरिहरपुरलाई जोड्न तिनाउ नदीमा पुल नेपालमा तीन करोड डोज खोप लगाइयो दिल्लीमा सप्ताहन्तको कर्फ्यू र जोरबिजोर व्यवस्था हट्यो थप ८ हजार १७ जनामा कोरोना संक्रमण, १५ जनाको मृत्यु कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुग्यो काेराेना न्यूनीकरणका लागि जुम्लामा एकीकृत हेल्प डेस्क स्थापना स्थानीय तहको निर्वाचन : आयोग पदाधिकारीपछि कांग्रेसमा छलफल गर्दै प्रधानमन्त्री देउवा मन्त्री रेणु यादवविरुद्ध कारबाही गर्न कांग्रेस नेताको उजुरी सेजमा ‘शक्ति’ प्रर्दशन, कानून पालना गर्न नसके पछि मुद्दा लासमा पनि दलालको नङ्ग्राः एउटै मृतकको १० लाख झ्याम् विपद्का विभिन्न घटनामा परी २४ घण्टामा दुई जनाको मृत्यु, १० जना घाइते मृतकका परिवारलाई साढे चार लाख बीमा रकम जिप दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते कोभिड खोप नलगाएको भन्दै अस्पतालद्वारा विरामीको मुटु प्रत्यारोपण गर्न अस्वीकार जोर-विजोर प्रणालीले झन् सास्ती चीनले भारतलाई बुझायो अरुणाचलका अपहरित युवक