ताजा अपडेट »

‘एमाले विदेशीसँग लम्पसार परेपछि नयाँ पार्टी खोल्यौं’

शनिबार, १० पुस २०७८, २० : २२
4 Shares

दाङ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले पार्टी कम्युनिष्ट पार्टी नहुँदा आफूहरूले विद्रोह गरेको प्रष्ट पारे । शनिबार नेकपा (एकीकृत समाजवादी) लुम्बिनी प्रदेश कमिटीको आयोजनामा दाङको भालुबाङमा आयोजित प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताए । उनले भने, ‘त्यो पार्टी कम्युनिष्ट पार्टी भएन । त्यो जनताको मुक्तिमा समर्पित भएन,’ उनले भने, ‘जनताको हित र कल्यानमा लाग्न चाहने, देशभक्तिको झण्डा उठाउन सकेन । विदेशीहरूको सामु लम्पसार पर्न थालेपछि हामीले विद्रोह गरेका हौँ । नयाँ पार्टी खोलेका हौँ ।’

त्यस्तै आफूहरूले पहिले पार्टीभित्र संघर्ष गरेर केपी ओलीलाई धेरै सम्झाएको भएयता पनि नमानेका कारण नै आफूहरू नयाँ पार्टी खोलेर क्रान्तिकारी पार्टी बचाएको उनको भनाइ थियो । उनले भने, ‘हामीले केपी ओलीलाई भनेका थियौँ, की बाटो छोड् ,की सुध्रिने काम गरे । तर, उनी सुध्रिने भन्दा पनि मेरो कुर्सी ताके भाँचिदिन्छु, भने ।’ अध्यक्ष नेपालले आफ्नो कुर्सी बचाउनको लागि केपी ओलीले संसद् तथा नेपालको प्रतिनिधिसभा भंग गरेर नेपालको संविधान मिच्ने काम गरेको समेत आरोप लगाए ।

यसैगरी उनले आफूहरूले कानुनी आधारमा विद्रोह गरेको समेत बताए । उनले आफूहरूलाई निर्वाचन आयोगले मान्यता दिएको भन्दै आफ्नो पार्र्टी आज देशभर फैलिएको समेत दाबी बताए । त्यस्तै अहिले आफ्नो पार्टीमा केपी ओलीको पार्टीलाई र अन्य पार्टीहरू छोडेर प्रवेश गर्ने लहर बढ्दै गएको उनको भनाइ थियो ।

उनले आफ्नो पार्टीमा लागेपछि मात्र भविष्य रहेको भन्दै आम कार्यकर्ताहरूलाई उच्च मनोबलका साथ अगाडि बढ्न आग्रह गरे । ‘ संसारको इतिहास केलाएर हेर्न हो, भने जुन देशका पार्टीहरूले जनतालाई बिर्सिएका छैन् । उनीहरूले जनताको विश्वास जितेका छन्,’ उनले भने, ‘हाम्रा पार्टीको मुख्य केन्द्रबिन्दु पनि दुखी, अन्याय, अत्याचारमा पिल्सिएका जनताहरू हुन् । तिनै जनताहरूलाई हाम्रो पार्टीले दुख र पीडामा परेको समयमा साथ दिने छ ।’

अहिले आफ्नो पार्टीले जनताको विश्वास जित्दै गइरहेको भन्दै उनले सुदूरपश्चिममा एक नम्बर पार्टी भएर र २ नम्बर प्रदेशमा पनि लोकतान्त्रिक र बामपन्थी पार्टीभन्दा अगाडि रहेको दाबी गरे । यसैगरी उनले आफूहरू समाजवादको यात्रामा जान चाहेको समेत बताए । समाजवाद भनेको समानता र न्यायको सिद्धान्त बोकेको दर्शन भएको भन्दै हामी सुखी नेपाली र समृद्ध समाज बनाउने चाहान रहेको उनको भनाइ थियो । यसैगरी उनले हिजो राजनितिक क्रान्ति सम्पन्न गरे झै अब आर्थिक, समाजिक र सांस्कृति क्रान्ति सम्पन्न गर्ने जिम्मेवारी काध आएको उल्लेख गरे ।

उनले देशमा मेहेनत नागकिर तयार गर्नु पर्ने आवश्यकता रहेको समेत बताए । पोलिटब्युरो सदस्य तथा प्रदेश कमरेड मेटमणि चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा उपमहासचिव प्रकाश ज्वाला, सचिव भागवत बिश्वासीलगायत नेताहरुले सम्बोधन गरेका थिए । कार्यक्रममा १२ जिल्लाबाट हजारौँ कार्यकर्ताहरूको सहभागिता रहेको छ ।

सुमन केसी
लेखकको बारेमा
सुमन केसी