ताजा अपडेट »

किन कम सुत्न थाले मानिस ?

सोमबार, ०४ कार्तिक २०७६, ११ : १०
6 Shares

कार्तिक ४,
काठमाडौँ । विश्वमा पहिलाका तुलनामा मानिसहरु कम सुत्छन् । पछिल्लो सत्तरी सालमा मानिसको निन्द्रा औसत बीस प्रतिशतसम्म घटेको छ । एक रिसर्चका अनुसार १९४० को दशकको तुलनामा ज्यादामानिस रातमा करिब आठ घण्टा सुत्थे । त आजभोलिको निन्द्राको घण्टा घट्दै गइरहेको थियो । अमेरिकाको वर्कले स्थिति क्यालिफोर्निया विश्वविद्यालयका प्राध्यापक मैट वाकरका अनुसार अब हामी रातमा औसत ६.७ या ६.८ घण्टा सुत्ने गरेका छौं । अर्थात पछिल्लो ७०–८० वर्षमा मानिसको निन्द्रा करिब २० प्रतिशत कम भएको छ । 

हामी सवैको जिवनमा निन्द्राको महत्व हुन्छ । आज हामी सवै निन्द्राको कमीमा रहेका छौं । विश्वमा आज धेरैजसो मानिस कम निन्द्राका कारण समस्यामा छन् । यसको नतिजा बहुत खतरनाक हुनसक्छ । आजकल हाम्रो जिन्दगी ग्याजेटको जालमा फसेको छ । कम्प्यूटर हाम्रो जिन्दगीमा एक ठूलो बदलाव ल्याएको छ । इन्टरनेटले पनि विश्वमा निकै प्रभाव पारेको छ । यसले हाम्रो जिन्दगीमा धेरै नयाँ चिजहरु आएको छ । जसका कारण अर्थव्यवस्थापनि बदलिएको छ । अब विश्वमा चौविस घण्टा काम हुने गरेको छ ।  करिब १० हजार रिसर्चका अनुसार जो मानिस ६ घण्टा या त्यसभन्दा कम सुत्छन् उनी आफ्नो स्वास्थ्यका साथ खेलबाड गर्नेछन् ।  प्रोफेसर मैट वाकरका अनुसारअल्जाइमर, क्यान्सर, मोटोपन, सुगरको विरामी तथा तानाको सिकार हुन सकिन्छ । जसका कारण मानिसको मनमा आत्महत्या जस्तो भयानक कदम बारे विार हुन सक्छ । तसर्थ स्वस्थ्य रहनका लागि सुताइलाई विशेष ख्याल गर्नुहोस् । - एजेन्सी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।