६ चैत्र २०७९, सोमबार

Mar 20, 2023


कार्तिक २,

Advertisement

ग्लोबल आवाज
बुटवल । जारी क्रिकेट प्रतियोगिता तिलोत्तमा प्रिमियर लिग –३ को आठौं दिन आज सम्पन्न खेलमा सुपर–११ भैरहवा र रुपन्देही पल्टन्स् विजयी भएका छन् । यससँगै सियारी राइनोज भने प्रतियोगिताबाट बाहिरिएको छ । आज सम्पन्न दोस्रो खेलमा सुपर–११ भैरवहवाद्वारा सियारी ४ विकेटले पराजित भएको हो । यस अघिका सबै खेलमा हार ब्यहोरेको भैरहवाले आज प्रतिष्ठाका लागि खेलेको खेलमा भने जीत निकालेको हो ।

टस जितेर ब्याटिङ्ग रोजेको सियारीले १९ दशमलव २ ओभरमा सबै विकेट गुमाउदै १ सय ३९ रनको योगफल तयार पारेको थियो । जवाफमा भैरहवाले अन्तिम ओभरको पाँचौ बलमा १ सय ४० रनको लक्ष्य भेटेको थियो । भैरहवाको जितका लागि राहुल बिकले सर्वाधिक ४६ रन र सहव आलमले ३२ रनको योगदान गरेका थिए ।भैरहवाका सहव आलम म्यान अफ द म्याच र राहुल बिक मष्टभ्यालुएवल खेलाडी बन्न सफल भए । खेलकुद पत्रकार मञ्च रुपन्दहीका अध्यक्ष सुमन अधिकारीले म्यानअफ द म्याच र मष्ट भ्यालुएवल खेलाडीको पुरस्कार प्रदान गरेका हुन्।

त्यस्तै आजै सम्पन्न पहिलो खेलमा तिनाउ टाइटन्स्लाई ४६ रनले पराजित गर्दै रुपन्देही पल्टन्स् विजयी भएको हो । टस जितेर ब्याटिङ्ग गरेको रुपन्देही पल्टन्स्ले निर्धारित २० ओभरको खेलमा ६ विकेटको क्षतिमा १ सय७२ रनको योगफल तयार पारेको हो । रुपन्देही पल्टन्स्को जितका लागि बिराट भण्डारीले ६१ रनको योगदान गरे भने कुशल भुर्तेलले ५९ रनको बनाए ।

जवाफम ब्याटिङ्ग गरेको तिनाउ टाइटन्सले ९ विकेटका क्षतिमा १ सय २६ रनमा समेटिएपको थियो । तिनाउ टाइटन्स्का मानबहादुर थापाले ५३ रनको योगदान गरे भने अन्य ब्याटस् म्यानहरु खासै चल्न सकेनन् । प्रतियोगितामा रुपन्देही पल्टन्स्का बिराट भण्डारी म्यानअफ द म्याच भए भने कुशल भुर्तेल मष्टभ्यालुएवल प्लेयर बने ।

प्रतिकृया दिनुहोस्

Flash News

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत जनमोर्चाले प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छ: चित्रबहादुर उद्योग वाणिज्य महासंघ कार्यसमिति सदस्यमा बुटवलका नवराज कुँवरको उम्मेदवारी ओली लक्षित माधवको प्रश्न- किन कसैसँग सहकार्य हुन सकेन ? कोसीका मुख्यमन्त्री सवार गाडिमा तोडफोड प्रयास माधव नेपालको दावी : यो गठबन्धन ५ वर्षसम्म टिक्छ बुटवललाई सफा र सुन्दर बनाउन नियमित सरसफाई व्यवस्थित गर्न नगरप्रमुखको निर्देशन राजेन्द्र लिङ्देनको प्रश्न : हाइड्रोजन गाडी दिएको तर पुरानै चलाउँछु भनेर हाम फालेपछि के गर्नु ? एमाले सहमति छोडेर भागेको माओवादीको आरोप प्रधानमन्त्री ज्यु पुस १० गते सहयात्राका लागि किन सहमत हुनुभयो ? गठबन्धनको संस्कारलाई आत्मसात गर्दै अघि बढ्नुको विकल्प छैनः सभापति देउवा दुई महिना नपुग्दै विश्वासको मत लिनुपर्ने अवस्था आउला भन्ने लागेकाे थिएन: प्रधानमन्त्री प्रचण्ड गुल्मीको स्ववियु निर्वाचनमा बामगठबन्धनको वर्चश्व एमालेले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने तालिवान सरकारद्वारा उच्च पदस्थ व्यक्तिका आफन्तलाई सरकारी पदबाट हट्न आदेश फागुनमा ६१ हजारले लिए श्रम स्वीकृति रासायनिक मलमा दिँदै आएको अनुदान यथावत् राख्ने सरकारको निर्णय सुनको भाउ तोलामा ७ सय रुपैयाँले घट्यो बुटवल वहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल नै निर्वाचित शान्ति व्यवस्थापन र कानुनी उपचार