ताजा अपडेट »

धानमा बाला नलाग्दा ३ करोड रुपैयाँ क्षति

शनिबार, ०२ कार्तिक २०७६, १५ : ५७
6 Shares

कार्तिक २,
धनगढी । कैलाली र कञ्चनपुर जिल्लामा गरिएको गरिमा (वर्णशंकर) र सिन्दुरी (खुला सेचित) जातको धान खेतीमा बाला नलाग्दा झण्डै ३ करोड रुपैयाँ मूल्य बराबरको क्षति पुगेको छ । सुदूरपश्चिम प्रदेश, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता खगेन्द्रप्रसाद शर्माले यी दुवै जिल्लामा ३४९ हेक्टरमा गरिएको गरिमा र सिन्दुरी जातको धानखेतीमा बाला नलाग्दा १ हजार २०० कृषकले क्षति व्यहोरेको जानकारी दिए । क्षेत्रीय कृषि निर्देशनालय दिपायलका निर्देशक यज्ञराज जोशीको नेतृत्वको कृषि प्राविधिकको टोलीले हालै बाला नलागेको धानबालीको स्थलगत अध्ययन निरीक्षण गरेको थियो

यसैबीच भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बीनितादेवी चौधरीको अध्यक्षतमा मन्त्रालयमा बसेको बैठकले कृषि प्राविधिक टोलीद्वारा बाला लाग्न नसकेको विषयमा गरिएको अध्ययनको विषयमा छलफल गरिएको छ । बैठकमा आवश्यक छानबिन गरी सम्बन्धित बीउ विक्रेता र उत्पादन गर्नेमार्फत पीडित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउनका लागि संघीय मन्त्रालयसँग अनुरोध गर्ने निर्णय गरिएको छ । बैठकमा मन्त्री चौधरीले यो विषयमा आवश्यक छानबिन गरी दोषीलाई कारवाही र पीडित किसानलाई क्षतिपूर्ति दिन पहल गरिने बताए । - लोकान्तर

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।