ताजा अपडेट »

जिपले मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु

शुक्रबार, २४ मंसिर २०७८, ०७ : ५३
4 Shares

दाङ । दाङमा बोलेरो जिपले मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा परि मृत्यु हुनेमा मोटरसाइकल चालक घोराही उपमहानगरपालिका १६ का ४३ वर्षीय युवराज चन्द रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

घोराहीबाट तुलसीपुर तर्फ आँउदै गरेको चन्द सवार रा ४ प ४०२ नम्बरको मोटरसाइकललाई तुलसीपुरबाट घोराही तर्फ जाँदै गरेको रा १ च ३८५ नम्बरको बोलेरो जिपले विहीबार पौने ८ बजे घोराही १६ मा ठक्कर दिएको थियो । जिल्ला प्रहरी प्रवक्ता एवं डीएसपी मुकुन्द प्रसाद रिजालका अनुसार गम्भीर घाइते चन्दको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा मृत्यु भएको थियो ।

ठक्कर दिने बोलेरो र चालक प्रहरी नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

सुमन केसी
लेखकको बारेमा
सुमन केसी