ताजा अपडेट »

तस्वीरमा हेर्नुहोस्, काँग्रेसको महाधिवेशन स्थल

विहीबार, २३ मंसिर २०७८, १६ : २५
4 Shares

काठमाडौं ।  नेपाली कांग्रेसको १४औँ महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । शुक्रबारदेखि सुरु हुने महाधिवेशनका लागि देशभरबाट ४६ सय प्रतिनिधि सहभागी हुुँदैछन् । यतिबेला महाधिवेशनस्थल भृकुटीमण्डपमा सिंगारिँदै छ । 

महाधिवेशनस्थल सिंगार्न रोशन आर्टस् सर्भिसले जिम्मा लिएको छ । बुधबारदेखि नै आर्टसका ३५ जना कामदार महाधिवेशन सिंगार्न खटिरहेका छन् । अहिले महाधिवेशनस्थलमा स्टेज धमाधम बनिरहेका छन् । साउन्ड सिस्टम, विद्युतको व्यवस्थापन भइरहेको छ ।

‘हामीले सिंगार्न थालेको, स्टेज बनाउन थालेको तीन दिन भयो । दिनको २०-२२ घन्टासम्म ३५ जना कामदारले काम गरिरहेका छन्’, रोशन आर्टस् सर्भिसका प्रोपाइटर रोशन जैसवालले भने ।  जैसावालका अनुसार सुरुमा स्टेज निर्माण तथा सजावटका लागि ३५ लाख रुपैयाँमा सम्झौता भएको थियो । तर, आयोजकको डिमान्डा सम्झौताभन्दा बढी हुन थालेपछि अहिले खर्च बढ्ने भएको छ ।

जैसवाल भन्छन्, ‘सुरुमा ३५ लाखमा सम्झौता भएको हो । तर, अहिले ५० लाखभन्दा बढी खर्च लाग्छ जस्तो छ ।’ निर्माणको जिम्मा लिएको कम्पनीले भोलि बिहानसम्म कार्यक्रम स्थल निर्माण गरिसक्ने उनले बताए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।