ताजा अपडेट »

थप ३१५ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

मंगलबार, २१ मंसिर २०७८, १६ : ३६
6 Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ९३८६ र एन्टिजेन विधिबाट २४२४ जनामा परिक्षण गर्दा ३१५ जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ८ लाख २३ हजार १०२ र एन्टिजेनबाट ९५ हजार ६६२ जना पुगेको छ ।  

यस्तै, आज थप ३०४ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ८ लाख ५ हजार २०५९०१ जना पुगेको छ । निको हुने दर ९७.८ प्रतिशत रहेको छ ।   

पछिल्लो २४ घण्टामा संक्रमणबाट थप २ जनाको मृत्यु भएको जानकारी छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ५५५ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ३५२ रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।