ताजा अपडेट »

थप २०५ जनामा कोरोना सङ्क्रमण, १ जनाको मृत्यु

आइतबार, १९ मंसिर २०७८, १५ : ५३
2 Shares

काठमाडौँ । देशभर थप २०५ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १० हजार ७४७ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २०० र एन्टिजेन विधिबाट ५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

कोभिड–१९ को सङ्क्रमणबाट थप १ जनाले ज्यान गुमाएका छन् । हालसम्म देशभर ११ हजार ५४१ जनाले ज्यान गुमाइसकेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५७ हजार ९३० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हालसम्म १ करोड ९० लाख ५० हजार ८३४ मात्रा कोरोनाविरुद्धको खोप लगाइसकिएको छ ।

यसमध्ये ८६ लाख ९७ हजार ९८९ जनाले पूर्ण मात्रा र १ करोड ३ लाख ५२ हजार ८४५ जनाले कम्तीमा एक मात्रा खोप लगाएको मन्त्रालयको भनाइ छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।