ताजा अपडेट »

मणिमुकुन्दका विद्यार्थीद्वारा विपन्न,अपाङ्ग, बालबालिका तथा वृद्धालाई सहयोग

शनिबार, १८ मंसिर २०७८, १९ : ०३
4 Shares


बुटवल । रुपन्देहीको योगिकुटिमा रहेको मणिमुकुन्द कलेजका विद्यार्थीहरुले शनिवार वृद्धवृद्धा, विपन्न परिवार, अपाङ्ग र बालबालिकालाई बिभिन्न सहयोग गरेका छन । मणिमुकुन्द स्टुडण्ड कोअपरेटिभ काउन्सिल र मणिमुकुन्द एपियरी साइन्स सोसाइटीको आयोजनामा खाद्यान्न, लत्तकपडा तथा शैक्षिक सामाग्रि वितरण कार्यक्रम सम्पन्न भएको हो ।

कलेजका विद्यार्थीहरु तथा प्राध्यापकहरुबाट आर्थिक संकलन गरि विद्यार्थीहरुले सिद्धबाबा दुर्गाभवानी शिवकुमारी शैँजु वृद्धाश्रमका रहेका वृद्धवृद्धाहरुलाई खाद्यान्न र जाडोका लत्ताकपडा प्रदान गरेका छन । बृद्धाश्रममा आयोजित कार्यक्रममा प्रमुख अतिथि मणिमुकुन्द कलेजका क्याम्पस प्रमुख टुक बहादुर क्षेत्रीले विद्यार्थीहरुको सामाजिक कामको प्रसंशा गर्दै वृद्धाश्रममा आश्रय लिइरहेका बृद्धबृद्धाहरुलाई स्वस्थ जिवनका लागि शारीरिक रुपमा सक्रिय रहन आग्रह गरे।

एम.एस.सि.सि र एम. ए. एस.एस का अध्यक्षद्धय शिशिर ज्ञवाली र अनमोल श्रीसको अध्यक्षता, क्याम्पस प्रमुख टुक बहादुर क्षेत्रीको प्रमुख आतिथ्यता र बिद्यार्थी नग्मा रेग्मीको संचालनमा सम्पन्न कायृक्रममा कलेजका सहायक क्याम्पस प्रमुख दिवाकर खनाल र वृद्धाश्रमका संचालक कृष्ण रेश्मी लगायतले बोलेका थिए ।

विद्यार्थीहरुले आजै बुटवल तथा तिलोत्तमा नगरपालिकामा बसोबास गर्ने २० बिपन्न र अपांग परिवारलाई खाद्यान्न तथा लत्ताकपडा वितरण गरेका छन भने २० परिवारका ४० भन्दा बढि बालबालिकाहरुलाई शैक्षिक सामाग्री समेत प्रदान गरेका छन । बिभिन्न क्षेत्रबाट संकलित तथ्यांकको आधारमा कलेज पाङ्गढमा अपांग तथा बिपन्न परिवारलाई जम्मा गरि सहयोग सामग्री वितरण गरिएको कलेजले जनाएको छ । सो कार्यक्रमको संचालन विद्यार्थीद्धय कृतिमा विश्वकर्मा र कृतिका पौडेलले गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।