ताजा अपडेट »

नवलपरासीको तुरिया खोलामा राखिएको बेलि ब्रिजमा क्षति, बुटवल- नारायणगढ सडक अवरुद्ध

शनिबार, १८ मंसिर २०७८, १७ : ३२
12 Shares

बुटवल । पश्चिम नवलपरासीको तुरिया खोलाको राखिएको  अस्थायी पुल बेलि ब्रिज अवरुद्ध भएपछि बुटवल- नारायणगढ सडक पनि अवरुद्ध भएको छ ।  गत भदौ ११ गते भीषण वर्षाका कारण सुनवलको तुरिया खोला पुल भत्किएपछि  अस्थायी रुपमा सवारी साधन संचालनका लागि बेलिबृज बनाइएको थियो।

पुरानो पुलको नजिकैबाट नयाँ पुल निर्माणका लागि साइट खन्ने क्रममा माटो खस्दा बेलि बृज अबरुद्ध भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख योगेन्द्र सिह थापाले बताए।  'भदौमा आएको अविरल वर्षाका कारण पुल भासिएपछी तत्काल राजमार्ग संचालनमा ल्याउन भासिएको पुल माथी बेलि बृज राखिएको थियो ।' प्रहरी प्रमुख थापाले भने 'शनिवार दिउँसो नयाँ पुल बनाउनका लागि साइट खन्ने क्रममा माटो खसेपछी अहिले सडक अवरुद्ध भएको छ।'

साना सवारी साधन भित्री सडक हुँदै जान सक्ने भएता पनि ठूला सवारी तथा  ओभरलोड भएका सवारी साधन भने भैरहवा– भूमहि लगायत सडक खण्ड प्रयोग गर्नु पर्ने बताए । अचानक पुलमा समस्या आउँदा हजारौं यात्रुहरु समस्या परेका छ्न । ठूलो सवारी साधन पास हुने डाइभर्सन निर्माण गर्न केही दिन लाग्ने प्रहरी प्रमुख थापाले बताए ।

पुल भासिएपछि  सडक डिभिजन कार्यालयले १० दिन भन्दा धेरै समय लगाएर  ४० मिटर लामो अस्थायी पुल (बेलि ब्रिज) निर्माणका गरेको थियो । सो पुल निर्माण गर्दा  ३० लाख बढी खर्च लागेको सडक डिभिजन कार्यालय बुटवलले जनाएको थियो ।

के हो बेलि ब्रिज ?

डोनाल्ड बेलिद्वारा परिकल्पना गरिएको तथा बेलायती सेना द्वारा दोस्रो विश्व युद्व ताका प्रयोगमा ल्याइएको सजिलै ओसार पसार गर्न सकिने पुललाई नै बेलि ब्रिज भनिन्छ । सजिलै जोड जाड गर्न सकिने र हलुका भए पनि धेरै भार वहन गर्न सक्ने विशेषताको कारण यो आपतकालिन परिस्तिथि तथा प्राकृतिक प्रकोपको समयमा धेरै प्रयोगमा आउने गर्दछ्र ।

नेपाल पहिलो पटक बि.स. २०५२ मा बेलि बिज्रको प्रयोग गरिएको थियो । बर्षाका कारण पृथ्वी राजमार्गको विभिन्न पुलहरू बाढिले बगाउँदा नेपालमा यसको प्रयोग भएको थियो ।


बसन्त आचार्य
लेखकको बारेमा
बसन्त आचार्य

आचार्य ग्लोबल आवाज अनलाइनका डेस्क संयोजक हुन् ।