ताजा अपडेट »

जन्ती बोकेको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु , दुई गम्भीर घाइते

आइतबार, ०५ मंसिर २०७८, २३ : १४
6 Shares

बैतडी । बैतडीमा जन्ती बोकेको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाईते भएका छन् । दशरथचन्द राजमार्ग अन्तर्गत जिल्लाको दशरथचन्द नगरपालिका वडा नम्बर ४ को कलुवामोड नजिक जीप दुर्घटना हुँदा उनीहरुको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ ।

दशरथचन्द नगरपालिका वडा नम्बर २ थलालगाउँबाट दुलही लिएर सोही नगरपालिकाको वडा नम्बर ६ को सिमाईल गईरहेको म १ ज ३१० नम्बरको जीप आईतवार राति साढे ८ बजेको समयमा दुर्घटनामा परेको हो । दुर्घटनामा मृत्यु हुनेहरुमा दशरथचन्द नगरपालिका वडा नम्बर ६ का ४५ बर्षिय राजेन्द्र चन्द, सोही ठाउँका ६५ बर्षिय प्रेम बहादुर चन्द, उमेर नखुलेका धन बहादुर चन्द, शेर सिह कार्की र दशरथचन्द नगरपालिका वडा नम्बर ८ का ६५ बर्षिय तारा थापा रहेका छन् ।

यस्तै गम्भीर घाईते हुनेहरुमा जीप चालक डडेल्धुरा घर भएका दीपक माली र दशरथचन्द नगरपालिका वडा नम्बर ६ सेराकै हर्क बहादुर चन्द रहेका छन् । जिल्ला अस्पताल बैतडीमा उपचार सम्भव नभएपछि उनीहरुलाई डडेल्धुरा रेफर गरिएको बताईएको छ । जीप सकडबाट करिब ५ सय मिटर तल बसेको प्रहरीले बताएको छ ।

सुमन केसी
लेखकको बारेमा
सुमन केसी