ताजा अपडेट »

रोल्पामा बस दुर्घटना, ४ जनाको घटनास्थलमै मृत्यु

विहीबार, ०२ मंसिर २०७८, १९ : ०९
6 Shares

दाङ । रोल्पामा बस दुर्घटनामा परेको छ । दाङको घोराहीबाट रोल्पाको थवाङका लागि छुटेको ना ३ ख ५५१८ नम्बरको बस दुर्घटनामा परेको हो ।

दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । बस शहिदमार्ग अन्तर्गत माडी गाउँपालिका वडा नम्बर २ जलजलामा दुर्घटनामा परेको रोल्पाका प्रहरी प्रवक्ता इन्सपेक्टर कृष्ण रानाले जानकारी दिए ।

बसमा सवार १० जना रहेको अनुमान गरिएको छ । बस सडकदेखि १०० फिट तल खसेको छ । विस्तृत विवरण आउन बाँकी ।

सुमन केसी
लेखकको बारेमा
सुमन केसी