२६ जेष्ठ २०८०, शुक्रबार

Jun 9, 2023

गुल्मी । सामाजिक सञ्जाल फेसबुकले संसारभरका मानिसहरुलाई जोडेको छ । यसमार्फत जोडिएका मानिसहरु बीचको सम्बन्धले सकरात्मक कुराहरु पनि बाहिर आएका छन्। तर माया– प्रेम सम्बन्धमा भने अधिकांशमा क्षणिक स्वार्थ लुकेको पाइएको छ । त्यसको पछिल्लो उदाहरण हो गुल्मीको एक घटना।

Advertisement

जिल्लाको चन्द्रकोट गाउँपालिकाकी १७ वर्षीया एक किशोरी त्यस्तै एक युवकको क्षणिक स्वार्थको शिकार बन्न पुगेकी छन्। भर्खर कक्षा १२ मा पढ्दै गरेकी ती किशोरी र कपिलवस्तुको बाणगंगा नगरपालिका–१ पिपराका २१ वर्षीय चन्द्रबहादुर थापासँग फेसबुकमार्फत गत एक वर्ष अघिदेखि चिनजान भई माया –प्रेमको सम्बन्ध बनेको र उनीहरु बीच २०७७ पुस २३ गते किशोरीकै गाउँमा ती युवक आई पहिलो भेटघाट भएको प्रहरीले जनाएको छ ।

ती किशोरीका बाबु भन्छन्– ‘निज युवक चन्द्रकोट मै दुई तीन दिन बस्न आएको आफूले जानकारी पाए पनि निजका बारेमा आफूलाई केहि थाहा छैन् । उनीहरु बीच फेसबुकमा चिनजान भएको मात्रै आफूले बुझेको छु ।’ प्रहरी श्रोतका अनुसार गत वर्षको पुस २३ गते राति ती युवकले आफूलाई जबरजस्ती करणी गरेको भन्दै ती किशोरीले यहि कार्तिक १६ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएपछि आरोपित युवक थापालाई प्रहरीले कार्तिक २५ गते कपिलवस्तुबाटै पक्राउ गरी जिल्ला अदालत गुल्मीमा पेश गरेको छ।

जिल्ला प्रहरी प्रमुख एसपी गोपालचन्द्र भट्टराईको नेतृत्वमा कपिलवस्तुको ईलाका प्रहरी कार्यालय पिपरा प्रहरी टोलीसँग समन्व्य गरि निज प्रतिवादीलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए । प्रहरीको अर्को एक श्रोत भन्छ–‘त्यस यता निज युवकले आफूसँग अश्लिल तस्विर रहेको सार्वजनिक गरिदिने धम्की दिँदै ती किशोरीलाई तनाव दिँदै आएका थिए।

त्यस्तै गत भदौ १७ गते दिउँसो मुसिकोट नगरपालिकोट नगरपालिका–८ का ४७ वर्षीय सुरेश भन्ने चन्द्रे सार्कीले पनि ३१ वर्षीया एक महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले हालै पक्राउ गरेको छ । हालसम्म फरार रहेका उनलाई प्रहरीले सोही स्थानबाट कार्तिक २६ गते पक्राउ गरेको प्रहरी प्रवक्ता पाण्डेले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

Flash News

गुल्मीका रामु बिक ५ दिनदेखि बेपत्ता जलहरी बहस संसदको रेकर्डवाट हटाएकोमा रामहरी खतिवडाको आपत्ति विद्यालय कर्मचारी माथि राज्यबाटै चरम श्रमशोषण नेपाल धितोपत्र बोर्डले मनकामना दरौंदी हाइड्रोपावरको सेयरमा आवेदन नदिन आग्रह पहिचानको नाममा अराजकता मच्चाउनेलाई कारबाही गरिनेछः गृहमन्त्री  सुनचाँदीको भाउमा उतारचढाव कुमारी बैंकको १ लाख ४६ हजार कित्ता संस्थापक सेयर लिलामी खुल्यो आइएमई लाइफको आइपीओ खुला हुने २९ जिल्ला न्यायाधीशका लागि दरखास्त आव्हान [सूचनासहित] अत्याधिक गर्मी बढेपछि तिलोत्तमामा निः शुल्क सर्वत पानी वितरण ४७ बर्षकी भइन टाइटनिककी रोज  नेपालका असरफसँग डिल गरे पछि सञ्जीव जीवाकाे लखनउ अदालतमा हत्या लुम्बिनी प्रदेश सरकारले आज नीति तथा सार्वजनिक गर्ने भाषण गर्न नपाउँदा सभामुख घर्तीको आक्रोस : लुम्बिनी केवलकारलाई ‘पूँजीवादी दलाल’का पनि ‘दलाल’को संज्ञा क्यानडाको डढेलोले अमेरिकाकाे न्युयाेर्कलगायतका सहर धुवाँले ढाकियो बजेटमाथिको छलफल जारी : प्रतिनिधिसभा बैठक विहान ११ बजेदेखि राप्रपा नेपालले आज बिरोध प्रदर्शन गर्दै पूर्व अमेरिकी गुप्तचर अधिकारीको दाबीः अमेरिकासँग एलियन छ निर्वाचन आयोग र राजनीतिक दल बीच आज छलफल हुँदै कांग्रेसको सदस्यता र नवीकरण अनलाइनमार्फत भर्न सकिने