ताजा अपडेट »

सर्वाधिक स्वास्थ्य बीमा गराएका किशान जिल्लामै उत्कृष्ट कार्यकर्ता

आइतबार, २८ कार्तिक २०७८, १३ : २०
12 Shares

गुल्मी । गुल्मी जिल्लाका १२ वटा पालिका भित्रका ९३ वटा वडाहरु मध्ये नेपाल सरकारले लागू गरेको स्वास्थ्य बीमा कार्यक्रमको उत्कृष्ट कार्य रुरुक्षेत्र गाउँपालिका–४ बलेटक्सारमा गरिएको सम्बद्ध संस्थाले जनाएको छ । पहिलो त त्यस पालिका नै उत्कृष्ट मध्येको तेश्रो पालिका पर्दछ । त्यस माथि त्यस पालिकाको वडा नम्वर ४ ले अन्य कतिपय सिंङ्गो पालिकाको कार्य प्रगतिलाई नै चूनौती दिनेगरी उछिनेको छ ।

जबकी जिल्ला कै मदाने गाउँपालिकाका ७ वटै वडाका ७ जना दर्ता सहयोगी कार्यकर्ताले हालसम्म जम्मा १६ सय ३ जनालाई स्वास्थ्य बीमा गराएका छन् भने रुरुक्षेत्र गाउँपालिका वडा नम्वर ४ का जम्मा एक जना दर्ता सहयोगी कार्यकर्ता किशान पाण्डेले २ हजार ८ सय ३ जनालाई स्वास्थ्य बीमा गराउन सफल भएका छन्। स्वास्थ्य बीमा बोर्ड गुल्मीका प्रबन्धक ( दर्ता अधिकारी ) डिकेन्द्र बिष्टकाअनुसार रुरुक्षेत्र गाउँपालिका–४ बलेटक्सारको दर्ता सहयोगी कार्यकर्ता किशन पाण्डे नै जिल्लाका ९३ वडामा सबै भन्दा उत्कृष्ट काम गर्ने कार्यकर्ता हुन् ।

जनतालाई स्वास्थ्य बीमा गराउने गुल्मीमा अहिले छैठौं सर्किल चलिरहेको छ , दर्ताअधिकारी बिष्टले भने अहिले सम्म आई पुग्दा रुरुक्षेत्र–४ का कार्यकर्ता किशान पाण्डे यति खटेकी जसबाट प्रेरणा र हौसला लिने हो भने जिल्लाभर स्वास्थ्य बीमा कार्यक्रमबाट फाईदा लिने जनताको संख्या लाखौं भइसक्ने थियो ।

‘दर्ता सहयोगी कार्यकर्ता न्युनतम पारिक्षमिक पाउने एक प्रकारका स्वयम सेवीहरु हुन् । र पनि जनतालाई लाभ दिलाउने काममा पाण्डेले ब्यक्तीगत स्वार्थलाई थाँती राखेर खट्दै आएका छन् दर्ता अधिकारी बिष्टले भने जनतालाई सेवा दिलाउने कार्यमा अन्य युवाहरुलाई पनि यसरी नै खट्न म अपिल गर्दछु र पालिका तहका जनप्रतिनिधी र सरोकारवाला सबैलाई स्वास्थ्य बीमामा जनतालाई ब्यापक सहभागि गराउन आ–आफ्नो ठाउँबाट भूमिका खेल्न अनुरोध गर्दछु । ’

यस्तो छ दर्ता गर्ने कार्यालय र कर्मचारीका अवस्था
उनकाअनुसार वडास्तरमा खटेका दर्ता सहयोगी कार्यकर्तालाई राज्यबाट कुनै साधन श्रोतको सुविधा छैन् । जिल्लाभर हेर्ने स्वास्थ्य बीमा बोर्ड कै कार्यालय एक जना कर्मचारीले मात्रै चलाइरहेका छन् । ब्याकअप सुविधा नहुँदा कम्प्यूटरमा दर्ता इन्ट्री भर्नका लागि बिहान १० बजे आएका दर्ता सहयोगीहरु साँझसम्म कुर्नु पर्ने हुन्छ ।

कार्यालयमा प्रिन्टर, फोटोकपी लगायतका प्रविधीहरु नहुँदा जनतालाई स्वास्थ्य बीमा गराउने कार्यले अपेक्षित गति लिन सकिरहेको छैन् । गुल्मीमा २०७६ माघ २१ गतेबाट सुरु भएको स्वास्थ्य बिमा दर्ता कार्यक्रममा २०७८ साल असोज महिना सम्म जिल्लाभर कुल ७१ हजार ६ सय ५ जनाले स्वास्थ्य बिमा गराएका छन् ।

बढी लाभग्राही रेसुंगा नगरपालिकामा
स्वास्थ्य बीमा बोर्ड गुल्मीका कार्यालय प्रमुख तथा दर्ता अधिकारी डिकेन्द्र बिष्टका अनुसार जिल्लाका १२ वटा पालिकाहरु मध्ये सदरमुकाम तम्घास आसपासमा रहेको रेसुङ्गा नगरपालिकामा स्वास्थ्य बिमा दर्ता गरि निःशुल्क स्वास्थ्य सेवा लिनेको संख्या सबै भन्दा बढि छ । त्यस नगरपालिकामा हाल सम्म १२ हजार ५ सय ७५ जनाले स्वास्थ्य बिमा गराएका छन्।

नगरपालिका भएर पनि गाउँपालिका भन्दा कम संख्यामा स्वास्थ्य बीमा दर्ता गराउने मुसिकोट नगरपालिकाका नागरिकहरु रहेका छन् । त्यस नगरपालिकामा जम्मा ३ हजार ९ सय ३१ जनाले स्वास्थ्य बिमा दर्ता गराएका छन् । जबकी विकट गाउँपालिका कालगण्डकी गाउँपालिकाका नागरिकहरुले ४ हजार ४ सय ४३ जनाले स्वास्थ्य बिमा गराएका छन् छन् भने अर्को विकट पालिका मालिका गाउँपालिकामा ४ हजार ३ सय ७९ जनाले स्वास्थ्य बीमा गराएका छन् ।

गाउँपालिकाभरीमा सबै भन्दा बढी स्वास्थ्य बीमा कार्यक्रमको फाईदा लिने सत्यवती गाउँपालिकाका परेको छ । त्यहाँका नागरिकहरुले रेसुङ्गा नगरपालिकाका नागरिकहरुकै हाराहारीमा, अर्थात १० हजार ३ सय ११ जनाले स्वास्थ्य बीमा गराएका छन्् । सबै भन्दा कम स्वास्थ्य बिमा गराउने मदाने गाउँपालिका परेको छ । त्यस गाउँपालिकामा १ हजार ६ सय ३ जनाले मात्रै स्वास्थ्य बीमा गराएका छन् ।
रेसुङ्गा नगरपालिका र सत्यवती गाउँपालिका पछि तेश्रो ठूलो संख्यामा रुरु क्षेत्र गाउँपालिकाका जनताले स्वास्थ्य बिमा गराएका छन् । त्यस पालिकामा स्वास्थ्य बिमा गराउनेहरुको संख्या ७ हजार ५ सय ९० जना पुगेका छन्।

चौथो बढी संख्या अर्थात् छत्रकोट गाउँपालिकाका नागरिकहरुले ५ हजार ९ सय ३२ जनाले स्वास्थ्य बिमा गराएका छन् । धुर्कोट गाउँपालिकाबासी ४ हजार ९२ जनाले स्वास्थ्य बिमा गराएका छन् । गुल्मी दरबार गाउँपालिकामा ४ हजार ७ सय ५४ जनाले स्वजास्थ्य बीमा गराएका छन् । इस्मा गाउँपालिकामा २ हजार ८ सय २३ जनाले स्वास्थ्य बिमा गराएका छन् । चन्द्रकोट गाउँपालिकामा २ हजार १ सय ७६ जनाले स्वास्थ्य बिमा गराएका छन् ।

निःशुल्क पाउँदा पनि लाभ लिने कमै
उनकाअनुसार वार्षिक ३५ सय रुपैयाँ तिरेर परिवारका एक सदस्यमार्फत गरिएको स्वास्थ्य बिमाले परिवारका ५ जना सदस्यसम्मलाई बार्षिक एक लाख बराबरको स्वास्थ्य उपचार सेवा निःशुल्क पाउने गर्दछन् ।

त्यो भन्दा बढी सदस्य संख्या भएको भए स्वास्थ्य बीमा गराएको सदस्यतामा ७ सय रुपैयाँका दरले प्रति सदस्य रकम थप गरेपछि दुई लाखसम्मको स्वास्थ्य सेवा निःशुल्क पाउने गर्दछन् । स्वास्थ्य बीमाका लक्षित वर्ग ७ तहमा विभाजन गरिएको छ । ७० वर्ष उमेर पुगेका वृद्ध बृद्धाहरुलाई निःशुल्क स्वास्थ्य बीमा गराइन्छ र पनि न्यून संख्यामा बीमा दर्ता गराउन आएका छन् । स्वास्थ्य स्वयम सेविकाहरुलाई ५० प्रतिशत छुटमा स्वास्थ्य बीमा गराईन्छ । उनीहरु पनि अपेक्षित सहभागि हुन सकिरहेको छैनन्अ

ति विपन्न परिबारका सदस्यलाई पनि निःशुल्क स्वास्थ्य बिमा गराइन्छ । ‘क’ वर्गका अपाङ्ग, आइचआइभी पीडित,एमडिआर टिबी बिमारी कुष्ठरोगीका परिवारलाई पनि निशुल्क स्वास्थ्य बीमा गराइन्छ । लक्षित ती सातवटै वर्गका मानिसहरुको पनि उल्लेख्य सहभागिता नभएको दर्ता अधिकारी बिष्टको भनाई छ । ती लक्षित समूहबाट हालसम्म जिल्लाभर १६ हजार ४ सय २७ जनाले स्वास्थ्य बिमा गराएका छन् ।

आ–आफ्नो पालिकाको वडामा खटिएको दर्ता सहयोगीका अलवा सदरमुकाम लगायतका अन्य स्थानमा अस्थाई बसोबास गरेकोहरुले पनि सम्वन्धित वडाबाट अस्थाई बसोबार गरेको प्रमाण जुटाएर सोही वडाका दर्ता सहयोगीबाट स्वास्थ्य बीमा गराउन सक्ने दर्ता अधिकारी बिष्टले बताए ।

प्रेम सुनार
लेखकको बारेमा
प्रेम सुनार