ताजा अपडेट »

पेट्रोलियम पद्धार्थमा भएको मूल्यवृद्धिको चौतर्फी विरोध, तत्काल फिर्ता लिन माग

विहीबार, २५ कार्तिक २०७८, १२ : ५०
8 Shares

बुटवल । पेट्रोलियम पद्धार्थको मूल्य १५ दिन नपुग्दै फेरि बढेपछि यसको चौतर्फी विरोध भएको छ । विभिन्न राजनितीक दल निकट विद्यार्थी संघठन, आम नागरिक लगायतले सामाजिक सञ्जालमा सरकारले गरेको मूल्य बृद्धिको चर्को विरोध गरेका छन् । नेपाल आयल निगमले बुधबार रातीदेखि लागु हुने गरी पेट्रोल र मट्टितेलको भाउ प्रतिलिटर रु ३ बढाएको छ ।

यससँगै पेट्रोलको भाउ प्रतिलिटर १३६ पुगेको छ भने मट्टीतेल र डिजेलको भाउ ११९ रुपैयाँ पुगेको छ । साथै खाना पकाउने ग्याँसको मूल्यमा ७५ रुपियाँले बढेर १५७५ पुगेको छ । यसअघि निगमले गत कात्तिक १२ गते पनि डिजेल, पेट्रोल र मट्टितेलको मूल्य बढाएको थियो । इन्धनको मूल्यवृद्धि विरुद्ध प्रमुख प्रतिपक्ष दल नेकपा एमाले निकट विद्यार्थी संघठन अनेरास्वीयूले बुटवलमा बिहीबार बिहान १ घण्टा चक्का जाम गरेको छ ।

मूल्य बढाएर सरकारले जनताको ढाड सेक्ने काम गरेको भन्दै अनेरास्वबियूले मूल्यवृद्धि तुरुन्त फिर्ताको माग गरेको छ । सरकारले तत्काल मूल्य बृद्धि फिर्ता नलिए चरणबद्ध रुपमा थप आन्दोलनका कार्यक्रम गर्ने अनेरास्ववीयू रुपन्देहीका सचिब प्रकाश पराजुलीले बताए ।
यस्तै नेकपा एकृकीत समाजवादी निकट विद्यार्थी संघठन अनेरास्ववियूले पनि निरन्तर रुपमा भइरहेको मूल्य वृद्धि अत्याचारको पराकाष्टा भएको बताएको संघठनका केन्द्रिय अध्यक्ष सुदेश पराजुलीले एक विज्ञप्ति जारी गर्दै श्रृंखलावद्ध रुपमा भइरहेको मूल्य वृद्धि तत्काल खारेज गर्न माग गरेका छन्।

‘निरन्तर रुपमा भइरहेको मूल्य वृद्धि अत्याचारको पराकाष्टा हो । यस्ता जनविरोधी कदमको अनेरास्ववियू घोर भर्त्सना गर्दै श्रृंखलावद्ध रुपमा भइरहेको मूल्य वृद्धि तत्काल खारेज गर्न जोडदार माग गर्दछ ।’– विज्ञप्तिमा भनिएको छ । तत्काल मूल्य बृद्धि फिर्ता नलिए महङ्गी, मूल्य वृद्धि जस्ता स्वेच्चाचारी कदमको विरुद्ध जस्तो सुकै आन्दोलनको श्रृजना गर्न अनेरास्ववियू वाध्य हुने अध्यक्ष पराजुलीले बताएका छन् ।

यता नेपाल कम्युनिष्ट पार्टीले पनि मृल्य बृद्धिका विरुद्ध नेपाल बन्दको घोषण गरेको छ । नेकपाका महासचिब नेत्रबिक्रम चन्द विप्लवले एक विज्ञप्ति जारी कात्तिक ३० गते नेपाल बन्दको घोषण गरेका हुन् । नेकपाले मूल्य बृद्धिको विरोधमा कात्तिक २५ गतेदेखि ३० गतेसम्म विभिन्न आन्दोलनका कार्यक्रम सार्वजनिक समेत गरेको छ । ७० रुपियाँमा विक्री गर्न सकिने पेट्रोललाई सरकारले १३६ मा विक्री गरेको नेकपाका महासचिब विप्वलले बताएका छन् ।

‘जसअनुसार रु. ४७ मा आयात गरिने पेट्रोलियम रु १३३ मा विक्रि गरिने छ । विज्ञहरूले मापन गरे अनुसार सबै कर कट्टा गर्दा पनि मुनाफा सहित पेट्रोल रु ७० मा विक्रि गर्न सकिन्छ । दैनिक रुपमा असुल गरिने यो सरकारी लुट कुन प्रयोजनमा लगानी गरिन्छ । ’– विज्ञप्तिमा भनिएको छ । मूल्यवृद्धिबाट उपभोक्ता कैयौं गुणा बढी मारमा पर्ने बताउँदै विप्लवले जनसरोकारको यो अन्यायपूर्ण उत्पीडनलाई मुकदर्शक भएर हेरिरहन नसक्ने बताएका छन् ।

यसैबिच एकृकीत समाजवादीका नेता बिजय पौडेलले पेट्रोलियम पदार्थमा भएको मूल्य बृद्धि असैह्य भएको भन्दै के–कसरी मूल्य नियन्त्रण गर्न सकिन्छ भन्नेतर्फ सरकारले तत्काल पाइला चालन आग्रह गरेका छन् । गठबन्धन सरकारमा हाम्रो पार्टी सामेल छ भन्दैमा अस्वाभाविक मूल्यबृद्धिको समर्थन गर्न गर्न नसकिने उनले बताएका छन् । ‘केही महिनादेखि निर्माण कार्यमा प्रयोग हुने फलामे छडमा अचाक्लि मूल्य बृद्धि गरिएको छ भने अहिले इन्धन र खाना पकाउने ग्यासमा चर्को मूल्य बृद्धि गरिएको छ । यो असैह्य छ । के–कसरी मूल्य नियन्त्रण गर्न सकिन्छ भन्नेतर्फ सरकारले तत्काल पाइला चालोस् । गठबन्धन सरकारमा हाम्रो पार्टी सामेल छ भन्दैमा अस्वाभाविक मूल्यबृद्धिको समर्थन गर्न सकिन्न ।’– उनले भनेका छन् ।

यस्तै उपभोक्ता हित संरक्षण मंच रुपन्देहीका अध्यक्ष समुन्द्र जिसीले इन्धनको मूल्यमा भएको बृद्धिले उपभोक्ताको ढाड सेकेको बताउँदै तत्काल फिर्ता लिन माग गरेका छन् । ‘ इन्धनमा उपभोक्ताको ढाड सेक्ने गरी गरेको मूल्यबृद्धि र्फिता गर ।’ उनले भने ।

के कारणले हुन्छ पटक–पटक मूल्यवृद्धि ?

नेपालको पेट्रोलियम पदार्थको मूल्य आन्तरिक कारण, अन्तर्राष्ट्रिय बजार मूल्य एवं इन्डियन आयल कर्पोरेसन (आईओसी) मा आधारित हुन्छ । मुख्यतः अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेको खण्डमा नेपालमा स्वतः मूल्यवृद्धि हुने गर्छ।

नेपालले भारतको इन्डियन आयल कर्पोरेसन (आईओसी) सँग इन्धन खरीद गरेर मुलुकमा बिक्री वितरण गर्छ। त्यसैले नेपालको पेट्रोलियम पदार्थको मूल्य आईओसीले तय गरेकै मूल्यमा आधारित हुन्छ । नेपाली बजारमा इन्धनको मूल्य अन्तर्राष्ट्रिय बजार मूल्यसँगै आईओसीको मूल्यमा पनि निर्भर हुन्छ। आईओसीले नेपाल आयल निगमलाई हरेक १५ दिनमा नयाँ समायोजित मूल्य पठाउने गर्दछ र त्यसैअनुरूप नेपालले पनि आवश्यकता अनुरूप मूल्य समायोजन गर्दछ।

यी सँगसँगै नेपाल सरकारको बजेट र निगमका नीतिहरूका कारण पनि पेट्रोलियम पदार्थको मूल्यमा असर पर्ने गर्छ। सरकारले गत सालको बजेटमा पेट्रोल, डिजेल र मट्टीतेलमा लाग्ने भन्सार महसुल बढाएको थियो जसले गर्दा पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको थियो। यसैगरी नेपाल सरकारले सबै पेट्रोलियम पदार्थमा मूल्य अभिवृद्धि करबाहेक नै प्रतिलिटर निश्चित रकम तोकेर राजस्व उठाउने गरेको छ। यसबाहेक लिइने अन्य करहरू र अन्तःशुल्कका कारण पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि हुने गर्दछ।

बसन्त आचार्य
लेखकको बारेमा
बसन्त आचार्य

आचार्य ग्लोबल आवाज अनलाइनका डेस्क संयोजक हुन् ।