२ भाद्र २०७९, बिहीबार

Aug 18, 2022

फाइल तस्वीर

बुटवल । रुपन्देहीमा यस वर्ष तिहारमा देउसी भैलो खेल्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले धेरै भिड–भाड नगरी सामान्य रुपमा देउसी भैलो खेल्न दिने भएको हो । तर, जिल्ला प्रशासन कार्यालय रुपन्देहीले यस बारेमा अहिलेसम्म कुनै औपचारीक निर्णय भने नगरेको जनाएको छ।

Advertisement

गत वर्ष कोरोना महामारीका कारण जिल्ला प्रशासनले तिहारमा देउसी भैलो खेल्नका लागि पूर्ण प्रतिबन्ध लगाएको थियो । जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले कोरोना संक्रमणको जोखिम कायम नै रहेकाले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सामान्य रुपमा धेरै भिडभाड नगरी देउसी–भैलो खेल्न दिने बताएका हुन् ।

‘अहिले पनि कोरोनाको जोखिम त कायम नै छ ।’ ग्लोबल आवाजसँग कुराकानी गर्दै पाण्डेले भने ‘पराम्परागत रुपमा मनाइने चाडपर्वहरु धेरै भिडभाड नगरी सामान्य रुपमा मनाउन दिने भनेर जिल्ला प्रशासनले यस अघि नै सूचना जारी गरी जानकारी गराएको छ ।’ देउसी भैलो खेल्दा अनिवार्य रुपमा मास्कको प्रयोग गर्नु पर्ने पाण्डेले बताए । ‘देउसी–भैलो खेल्दा अनिवार्य रुपमा मास्कको प्रयोग गर्नु पर्छ ।’ उनले भने ‘ मास्क मात्रै लगाएर हुँदैन भौतिक दूरीको समेत कायम राख्नु पर्ने हुन्छ ।’

दिउँसो देउसी–भैलो खेल्न दिने भए पनि रातको समयमा भने पूर्ण रुपमा प्रतिबन्ध गरिने सहायक प्रमुख जिल्ला अधिकारी पाण्डे बताउँछन् । जिल्ला प्रशासनले कति बजेसम्म देउसी भैलो खेल्न पाउने भनेर अब १/२ दिनमा नै औपचारिक रुपमा नै निर्णय गर्ने पाण्डेले बताए । जिल्ला प्रशासनले धेरै पटका नपड्काउन सबैलाई नागरिकलाई आग्रह गरेको छ । ‘विगतका तिहारमा धेरै पटक पड्काउने र धेरै होहल्ला नगर्ने गरेका गुनासाहरु आउने गरेका थिए ।’ उनले भने ‘यस वर्ष कसैले पनि त्यस्ता गतिविधि नगर्न आग्रह छ ।’

साथै तिहारमा हुने अवैध बेच्चविखनलाई रोक्न लागि कडाका साथ सुरक्षाको मापदण्डको व्यवस्था मिलाएको पाण्डेले बताए । ‘विगतमा चाडपर्वमा अवैध बेचबिखन भएको धेरै घटना भेटिएका थिए ।’ उनले भने ‘यस वर्ष त्यस्ता गतिविधिलाई रोक्नका लागि कडा सुरक्षा मापदण्ड अवलम्बन गरेका छौँ।’

प्रतिकृया दिनुहोस्

Flash News

पूर्व-पश्चिम राजमार्गमा बसको ठक्करबाट अटो रिक्सामा सवार ३ जनाको मृत्यु, एक घाइते मौसम : लुम्बिनीका केहि स्थानमा मेघ गर्जनसहित मध्यम वर्षाको सम्भावना कलंकीको खसीबजार हटाउन काठमाडौं महानगरको १५ दिने अल्टिमेटम प्रतिनिधिसभा बैठक : नागरिकता विधेयक संसोधन नगरी आजै पारित गर्ने तयारी यस्ता छन् धरानका मेयर हर्क साम्पाङका १०० दिनका १३ काम काठमाडौंको फोहोर व्यवस्थापनमा चारबुँदे सहमति पशुआहारका लागि गाउँकै उद्योगमा उत्पादन भएको ‘साइलेज’ प्रयोग ‘भारत गौरव पर्यटक रेल’ दोस्रो पटक जनकपुरधाम आउँदै लुम्बिनी प्रादेशिक अस्पतालमा १५० शैय्याको नयाँ भवनबाट प्रसूति सेवा बन्दीलाई कारागारभित्रै अस्पताल मुख्यमन्त्री केजरीवालद्वारा ‘भारतलाई पहिलो बनाऔँ’ अभियान सुरु ‘पत्रकार कुट्ने’ परासीको पाल्हीनन्दन प्रमुखलाई कारवाहीको माग निर्वाचन सुरक्षा योजना बनाउन आयोगको निर्देशन अर्थमा चुक्यो लुम्बिनी सरकार नवलपरासीको विभिन्न स्थानबाट फरार ७ जना प्रतिवादी पक्राउ दार्चुलामा जीप दुर्घटना : पाँच जनाको मृत्यु, छ घाइते लुम्बिनी फोटो ग्राफर संघको सप्ताहव्यापी कार्यक्रम , ५० जनाले गरे रक्तदान लुम्बिनी सरकारले आफ्नाे सेवा सुविधा वृद्धिका लागि खुलायाे बाटाे, थप नियुक्तिका लागि अनुसूची हेरफेर चार महिनामा विपद्का घटनाले लियो १५७ जनाको ज्यान, ८५ करोडभन्दा बढीको आर्थिक क्षति लुम्बिनी अस्पतालको टेण्डर घोटाला : कागजातसहित ७ दिन भित्र उपस्थित हुन प्राधिकरणलाई निर्देशन