८ आश्विन २०८०, सोमबार

Sep 25, 2023

काठमाडौं । मालिका केशरीको उपन्यास ‘दुङाल’ले साहित्यको माध्यमबाट तिब्बती शरणार्थीको समस्या उजागर गर्न सफल रहेको संस्कृतिविद्, अधिकारकर्मी र साहित्य समीक्षकहरूले बताएका छन् । राजधानीमा साङ्ग्रिला बुक्सद्वारा आयोजित अन्तरसंवादका वक्ताहरूले शरणार्थी समस्यालाई राजनीतिकभन्दा पनि मानवअधिकारको दृष्टिले हेरिनुपर्नेमा उनीहरूको जोड थियो ।

Advertisement

कार्यक्रममा इतिहासकार एवं संस्कृतिविद् रमेश ढुङ्गेलले मालिका केशरीको उपन्यास ‘दुङाल’ले सुस्ताएको राजनीतिक, सांस्कृतिक र संवेदनशील मुद्दालाई साहित्यमार्फत उजिल्याएको टिप्पणी गरे । उनले भने, ‘अरू साहित्यमा अक्सर नभेटिने कथालाई प्रस्तुत गर्दै यस उपन्यासले शरणार्थीको नाममा हुने अन्तर्राष्ट्रिय राजनीतिप्रति पनि व्यङ्ग्य गरेको छ ।’ अङ्ग्रेजी र तिब्बती भाषामा अनुवाद भएमा यसको महत्त्व अझ बढ्ने उनले बताए ।

कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगकी पूर्व आयुक्त एवं अधिकारकर्मी मोहना अन्सारीले ‘दुङाल’मा शरणार्थीहरूले कसरी जीवन संघर्ष गरिरहेका छन् भन्ने यथार्थ चित्रण आएको बताइन् । उपन्यासले महिला र पुरुषलाई हेर्ने समाजको द्वैध दृष्टिकोणका साथै शरणार्थीका धेरै विषय समेटिएको उनको कथन थियो । 

नेपाल पत्रकार महासङ्घका अध्यक्ष, विपुल पोखरेलले ‘दुङाल’ले सडकमा आउन नसकेको शरणार्थीको समस्यालाई साहित्यको माध्यमबाट उद्घाटन गरिएको बताए । उनले अगाडि भने, ‘पाठकले अपनत्व लिएकाले यसको चर्चा परिचर्चा र बिक्री वितरण राम्रो छ । साहित्यिक, सांस्कृतिक र ऐतिहासिक महत्त्वका दृष्टिले यो सफल उपन्यास हो ।’  

वरिष्ठ सञ्चारकर्मी एवं समीक्षक राजकुमार बानियाँले ‘दुङाल’ले शरणार्थीको मुद्दालाई वैश्विक दृष्टिकोणबाट उठाएको बताए । उनले भने, ‘यो उपन्यासमा अवास्तविक वास्तविकता छ । यसले नेपाली शब्दभण्डारमा ‘दुङाल’ जस्तो नयाँ शब्द दिएको छ । यो करुणाको मसीले लेखिएको सुन्दर उपन्यास हो ।’

कार्यक्रममा तिब्बती शरणार्थी टासी छिरिङले ‘दुङाल’मा आफ्नै जीवन कथा भेटेको सुनाए । उनले भने, ‘तिब्बती शरणार्थीले समस्या मात्रै होइन, ज्ञान र सिप पनि ल्याएका थिए । हाम्रो समस्यालाई न्यूनतम मानवअधिकारको दृष्टिले हेरियोस् भनेर उपन्यासले बोलेकोमा खुसी लागेको छ ।

’सञ्चारकर्मी प्रकाश थापाले सञ्चालन गरेको अन्तरसंवाद कार्यक्रममा उपप्राध्यापक टीएन भट्ट विश्वामित्रले किताब औपन्यासिकताको दृष्टिले सफल रहेको टिप्पणी गरे भने लेखक मालिका केशरीले आफूले बाल्यकालमा नजिकबाट देखेका पात्रहरूलाई आख्यानमा समेटेको बताए ।

प्रतिकृया दिनुहोस्

Flash News

रोल्पामा बस दुर्घटना, तीन जना घाइते डेंगु संक्रमणबाट थप एकको निधन  चाँंगुको शिक्षाको विकासका लागि जेल जानुपरे सबैभन्दा पहिला म जान्छु : मेयर जीवन खत्री युवती बलात्कार आरोपमा बालक पक्राउ एसियाली खेलकुद : महिला क्रिकेटको उपाधि भारतलाई ड्रोनबाट ब्यानर उडाएर एमाले बागमती प्रदेश अधिवेशन सुरु सुशासन समृद्धि र भ्रष्टाचार कोरिया नेपाल बहुप्राविधिक शिक्षालय बुटवल-१२ तामनगरमा वेल्डिङ व्यवसाय तालीम सुरू विदेशमा नेपालीमा आत्महत्या र डिप्रेसनको डर लाग्दो समस्या बालुवा उत्खनन गर्ने १० ट्याक्टर प्रहरी नियन्त्रणमा पर्सामा ३२ किलो चरेससहित एक जना पक्राउ लागूऔषधसहित पाँचजना पक्राउ लम्पी स्किन भ्याक्सिनमा कालोबजारी, ८० रुपैयाँको खोप १७२ मा बेच्दै लोटस भेट अभियन्ताहरू बोलाउँदा आएनन्, उहाँहरूको नेतासँग वार्ता गर्नुपर्ने हो ?: बालेन नेपाल र चीनबीच १३ बुँदे समझदारीमा हस्ताक्षर प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो प्रधानमन्त्री प्रचण्डद्वारा चीनको राष्ट्रिय स्मारकमा पुष्पगुच्छा अर्पण अप्पर लोहोरे खोला हाइड्रोपावरको आईपीओ सूचीकृत, कारोबार सुरु विदेशबाट आएको रकम शाइन बैकको मोबाइल बैंकिङ्ग एपबाटै बुझ्न सकिने सुनचाँदीको मूल्य स्थिर