ताजा अपडेट »

स्वाधिनताको रक्षा अबको 'मिशन' : महरा

मंगलबार, ०९ कार्तिक २०७८, २० : ५२
2 Shares

दाङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का प्रवक्ता कृष्णबहादुर महराले मुलुकको स्वाधिनताको रक्षा अबको मिशन रहेको बताएका छन् । प्रेस सेन्टर नेपाल दाङको चौथो अधिवशेनकोे उद्घाटन गर्दै महराले संविधान विरोधिको शक्तिहरुको चलखेलका कारण राष्ट्रिय स्वाधिनता खतरामा परेको उनको भनाई थियो ।

नेपालको संविधानले नेपालीको मौलिक अधिकार सुनिश्चित गरेकाले, संविधानले दिएको जनताको त्यो अधिकारलाई च्युत गर्ने काम संविधान विरोधी शक्तिहरुले गर्दा नै मुलुकको संविधान र स्वाधिनता कमजोर बनेकाले मुलुकको संविधान र स्वाधिनताको रक्षाको मिशन गठबन्धन अघि बढेको उनले बताए । संविधान र स्वधिनता जोगाउने मिशनमा सबै राष्ट्रप्रेमीहरु पनि अघि बढ्नुपर्ने उनको आग्रह रहेको छ । राष्ट्रहित विरोधी शक्तिहरुका कारण जनयुद्ध र जनआन्दोलन प्राप्त उपलब्धीहरु समेत खतरामा रहेकाले उक्त उपलब्धी जोगाउने दायित्व बारे आमनागरिकलाई सुसुचित गर्न समेत आग्रह गरे । जसले संविधानलाई अझ समृद्ध र सशक्त बनाउँदै लैजाने विश्वास व्यक्त गरे ।

पुर्वसभामुख समेत रहेका महराले पत्रकारहरु देश र जनता निष्ठावान रही समाजवाद उन्मुख राष्ट्र निर्माणका लागि अग्रसर बन्नुपर्ने बताए । मुलुकको गौरवपूर्ण इतिहासले चुनौतीपूर्ण वर्तमानसग सामना गर्दै समाजवादपूर्ण भविष्यलाई अंगालेकाले जनताको त्यो सपना पुरागर्ने कार्यभार पत्रकारहरुको हातमा समेत रहेको उनले चर्चा गरे । जसले समाजवाद उन्मुख समाज निर्माण गर्ने र जनताको अधिकारलाई सशक्त बनाउँदै लैजाने समेत विश्वास व्यक्त गरे ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका लुम्विनी प्रदेशका सचिव तथा राष्ट्रियसभा सदस्य जगप्रसाद शर्मा‘अपार’ले मुलुकको व्यवस्था फेरिएन पनि जनताको अवस्था अझै फेरिन नसक्न नसकेको बताए । जनताको जीवनस्तरमा परिवर्तन ल्याउने गरी अबको नेपाली पत्रकारिता कलम चल्नुपर्ने बताए । जसले समाजवाद उन्मुख समाजलाई पूर्णता दिन सक्ने बताए ।

प्रेस सेन्टर दाङका अध्यक्ष प्रकाश चौधरीको अध्ययक्षतामा भएको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका केन्दीय सदस्य दामा शर्मा, नारायणी शर्मा, जिल्ला संयोजक सुवा पुन, प्रेस सेन्टर नेपालका लुम्विनी प्रदेशका संयोजक मानसिंह बिक, संगठनका संस्थापद केन्द्रीय सदस्य अजयदिप शर्मा, हिरामणि दुःखी, नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष उदय जिएम, नेपाल पत्रकार महासंघ दाङकी उपाध्यक्ष बसुन्धरा गौतम, पूर्व अध्यक्ष प्रताप रेग्मी, केवी मसाल, सविन प्रियासन, बुद्धिजीवि माधव न्यौपाने, राष्ट्रिय जनमोर्चाका दाङका अध्यक्ष गणेश आचार्य, प्रगतीशिल पत्रकार संघ दाङका अध्यक्ष महेश रिजाल र नारदमणि पोख्रेललगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । प्रेस सेन्टर दाङका उपाध्यक्ष दिवाकर पोख्रेलको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रको सहजीकरण सचिव पाण्डव शर्माले गरेका थिए ।

१० जना सम्मानित
प्रेस सेन्टर दाङले चौथो अधिवेशनको अवसरमा संगठन कम्युनिष्ट आन्दोलन तथा संगठनात्मक विकासमा योगदान पुर्याएको भन्दै दाङका पत्रकार, लेखक तथा साहित्यकारहरु गरी दश जनालाई सम्मान गरेको छ । जसमा नरबहादुर अधिकारी, विष्णु अधिकारी, हिरामणि दुःखी, मधुसुदन बैद्य, माधव खनाल, अजयदिप शर्मा, पुरन शर्मा, नरेन्द्र केसी, केएल पिडित र शोभाकर आचार्यलाई सम्मान गरिएको थियो ।

सुमन केसी
लेखकको बारेमा
सुमन केसी