ताजा अपडेट »

थप ६६६ जनामा कोरोना संक्रमण, ११ जनाको मृत्यु

मंगलबार, ०९ कार्तिक २०७८, १६ : २५
8 Shares

बुटवल। पछिल्लो २४ घण्टामा नेपालमा थप ६६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ९ हजार ७७१ र एन्टिजेन विधिबाट २ हजार २४९ जनामा परिक्षण गर्दा ६६६ जनामा कोरोना संक्रमण देखिएको हो ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ८ लाख १० हजार २९८ र एन्टिजेनबाट ९४ हजार २१५ जना पुगेको छ । यस्तै, आज थप ६२२ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ७ लाख ८८ हजार ६३० जना पुगेको छ । निको हुने दर ९७.३ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ३७२ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १० हजार २९६ रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।