ताजा अपडेट »

अर्घाखाँचीको झाडापखाला नियन्त्रण उन्मूख, पानी परीक्षणका लागि स्वास्थ्यकर्मी खयरभट्टीमा

मंगलबार, ०९ कार्तिक २०७८, १३ : १६
10 Shares

बुटवल । अर्घाखाँचीको शितगंगा नगरपालिकामा फैलिएको झाडापखाला नियन्त्रण उन्मुख भएको छ । सितगंगा नगरपालिकाका स्वास्थ्य संयोजक कृष्णप्रसाद पौडेलले झाडापखाला नियन्त्रणमा आइसकेको बताएका हुन्। ‘अहिले झाडापखालाका नयाँ विरामी केही पनि भेटिएका छैनन्।’ ग्लोबल आवाजसँग कुराकानी गदैँ पौडेलले भने ‘अहिले झाडापखाला नियन्त्रण उन्मूख छ ।’

शनिबारदेखि सितगंता नगरपालिका–११ खरयभट्टी गाँउमा झाडापखालाको प्रकोप फैलिँदा ५३ जना बिरामी परेका थिए । गाउँमा झाडापखालाको प्रकोप फैलिएको जानकारी भए लगत्तै उपचारका लागि प्राथमिक स्वास्थ केन्द्र ठाडाका चिकित्सक अजय चौधरीसहितको टोलीले प्रभावित क्षेत्रमा पुगेर उपचार गरेका गरि रहेका छन्। खरयभट्टीका स्थानीयमा पखाला लाग्ने, वान्ता हुने समस्या देखिएपछि नगरपालिकाले स्वास्थ्यकर्मीको टोली पठाएको थियोे ।

बिरामी परेका मध्ये ५ जना गम्भीर बिरामी परेका थिए । गम्भीर बिरामीलाई सोही दिन नै उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पठाइएको थियो। गम्भीर विरामी ५ जना नै मंगलबार साँझ अस्पतालबाट डिस्चार्च भएको स्वास्थ्य संयोजक कृष्णप्रसाद पौडेलले बताए।

पानी परीक्षणका लागि स्वास्थ्यकर्मीको टोली जाँदै
सितगंगा नगरपालिकाको खरयभट्टी गाँउमा दुषित पानीका झाडापखालाका फैलिएको आशंकामा बुधबार स्वास्थ्यकर्मी टोली पानी परीक्षणका लागि गएको छ । स्थानीयले उपभोग गर्दै आएको पानीको परीक्षणका लागि जिल्ला स्वास्थ्य कार्यालयका बिजय बि.क., नगरपालिकाका स्वास्थ्य संयोजक कृष्णप्रसाद पौडेल र ल्याप टेक्निसीयन गणेश पाण्डे लगाएतको टोलि बुधबार खयरभट्टी गएका छन्।

अहिले झाडापखालाका नयाँ विरामी नथपिए पनि दुषित पानीका कारण झाडापखाला फैलिएको हुन सक्ने भएकाले पानी परीक्षणका लागि जान लागेको स्वास्थ्य संयोजक पौडेलले बताए । टोलीले स्थानीयले उपभोग गर्दै आइरहेको पानीको परीक्षण गर्ने उनले बताए ।

‘अहिले पानी खयरभट्टीका स्थानीयले उपभोग गर्ने पानीको परीक्षण गर्नका लागि घटनास्थल तर्फ जाँदै छौँ ।’ संयोजक पौडेलले ग्लोबल आवाजसँग भने ‘पानीको परीक्षण गरेपछि के कारणले गाउँमा झाडापखाला लागेको हो पत्ता लाग्ला ।’

बसन्त आचार्य
लेखकको बारेमा
बसन्त आचार्य

आचार्य ग्लोबल आवाज अनलाइनका डेस्क संयोजक हुन् ।