ताजा अपडेट »

नेकपा (एमाले) गुल्मीको गाउँ/नगर अधिवेशनको तयारी पुरा

सोमबार, ०८ कार्तिक २०७८, १९ : ४६
6 Shares

गुल्मी । नेकपा (एमाले) गुल्मीको प्रथम गाउँ/नगर अधिवेशनको तयारी पुरा भएको जनाएको छ । कात्तिक ९ गते मंगलवार हुनलागेको प्रथम गाउँ/नगर अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको नेकपा एमाले गुल्मीका उपसचिव धर्म विश्वकर्माले बताए ।

जिल्लामा रहेका २ वटा नगरपालिका र १० वटा गाउँपालिका मध्ये ११ वटामा एकैपटक प्रथम गाउँ/नगर अधिवेशन सम्पन्न हुँदैछ । रुरु गाउँपालिकामा भने सोमबारबाट अधिवेशनको सुभारम्भ गरिएको छ । नेतृत्व चयनका लागि भने छलफल जारी रहेको छ ।

अरु स्थानीय तहमा हुने अधिवेशनका लागि चाहिने आवश्यक सम्पूर्ण निर्वाचन सामाग्रीहरु र निर्वाचन अधिकृत र सहायक निर्वाचन अधिकृत तोकिएको बिश्वकर्माले बताए । अधिबेशनबाट आगामी २ वर्षका लागि ७५ जनाको कमिटी निर्वाचत हुनेछन् ।

कार्यसमितिमा अध्यक्ष, उपाध्यक्ष, सचिव र २ जना उपसचिव गरि ५ जनाको पदाधिकारी निर्वाचित हुनेछन् । अधिवेशनका लागि ४४ सय बढि प्रतिनिधी छनोट भएको उपसचिव बिश्वकर्माले बताए ।

अधिवेशनका लागि रेसुङ्गा नगरपालिकामा नेकपा (एमाले) सचिव प्रदीप ज्ञवाली र अन्य स्थानीय तहमा जिल्ला इन्चार्ज र जिल्ला कमिटीका पदाधिकारीहरु प्रमुख अतिथीका रुपमा खटिने भएका छन् ।

नेकपा एमाले गुल्मीले कात्तिक ६ गतेबाट सुरु गरेर जिल्ला भरका ९३ वटाका वडाहरुमा अधिबेशन सम्पन्न गरेको छ । सबै वडामा सर्बसहमतिमा नयाँ नेतृत्व चयन गरेको एमाले गुल्मीले जनाएको छ ।

नेकपा एमालेका जिल्ला भर १० हजार १९५ जना संगठित सदस्य रहेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।