९ चैत्र २०७९, बिहीबार

Mar 23, 2023

नेप्से हरियाली : आज ८७ दशमलव ६३ अंकको वृद्धि

काठमाडौं । साताको दोस्रो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा हरियाली छाएको छ । आज नेप्से ८७ दशमलव ६३ अंकले बढेर दुई हजार ६ सय ७२ दशमलब २५ विन्दुमा पुगेको छ । आइतबार पनि नेप्से २७ दशमलव ५१ अंकले बढेर दुई हजार ५ सय ८४ दशमलब ५३ विन्दुमा पुगेको थियो ।   

Advertisement

त्यस्तै, आज नेप्सेमा हरियाली छाएसँगै कारोबार रकम पनि बढेको छ । आज नेप्सेमा २२९ कम्पनीको आठ करोड ३९ लाख पाँच हजार ८६४ कित्ता सेयर किनबेच हुँदा कुल चार अर्ब ३० करोड ८८ लाख बराबरको कारोबार भएको छ । आइतबार दुई अर्ब ७७ करोड ३४ लाख बराबरमा कारोबार सीमित भएको थियो । त्यस्तै, आज सबैभन्दा बढी कारोबार महालक्ष्मी विकास बैंकको भएको छ । याे बैंकको आज १६ करोड २५ लाख भन्दा बढीको कारोबार भएको छ ।        

आज सबै समूहको सूचकमा हरियाली छाएको छ । आज हाइड्रोपावर र फाइनान्स समूहको सूचक सात प्रतिशतभन्दा धेरैले उकालो लागेको छ भने आज व्यापार समूहको सूचक शून्य प्रतिशतभन्दा धेरैले मात्र उकालो लागेको छ । बाँकी सबै समूहको सूचकमा एक प्रतिशतदेखि ६ प्रतिशतभन्दा धेरैले सुधार आएको छ ।  

नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमध्ये १८ कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, १५ कम्पनीको सेयरमूल्य नौ प्रतिशतभन्दा धेरैले बढेको छ भने नौ कम्पनीको सेयर मूल्य आठ प्रतिशतभन्दा धेरैले बढेको छ ।  

नेप्सेका अनुसार आज सबैभन्दा धेरै फाइदा कमाउनेमा हिमाल दोलखा हाइड्रोपावर कम्पनीको लगानीकर्ता रहेका छन् । कम्पनी १० प्रतिशतभन्दा धेरैले फाइदामा गरेको छ । त्यस्तै, आज सबैभन्दा धेरै गुमाउनेमा सांग्रिला डेभलपमेन्ट बैंक डिभेञ्चर २०८७ का लगानीकर्ता रहेका छन् । बैंकको सेयर मूल्य चार प्रतिशतले ओरालो लागेको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

तिलोत्तमा नगरभित्र अनुमतिविना कुकुर पाल्न नपाइने, निकाल्यो ३५ दिने सूचना स्वास्थ्यजन्य फोहर व्यवस्थापन गरेर मासिक ४० हजार भारतीय गायक सोनु निगमको घरवाट ७२ लाख चोरी भाटभटेनीको २४ औं स्टोर विरगञ्जमा, बजार विस्तारमा थप आक्रामक डोल्पा अस्पतालको पीडाः सडक, पुल नहुँदा बाटोमै बिरामीको हैरानी सरकारमा जाने नजाने बारेमा निर्णय लिदैँ लोसपा वडा अध्यक्ष र सचिव घुससहित अख्तियारको फन्दामा स्विफ्ट एजुकेशनद्वारा ‘करियर परामर्श’ सम्पन्न सुदूरपश्चिम-११ थ्री स्टारलाई हराउँदै तिलोत्तमा गोल्ड कपको फाइनलमा दुई उद्योगमाथि मुद्दा दायर, नौ सय ७३ व्यावसायिक फर्मलाई कारबाही वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन : प्रधानमन्त्री प्रचण्ड बागमती प्रदेशसभा बैठक शुक्रबारका लागि सारियो वैदेशिक रोजगार विभागका नासु प्रमोद पाण्डेविरुद्ध भ्रष्टाचार मुद्दा दायर २४ चैतमा बहाव, सुरक्षा भन्छिन्- दुई महिना सुगासँग समय बिताएँ लुम्बिनीमा ‘पिस म्याराथन’ हुने बाग्मतीका मुख्यमन्त्रीलाई कांग्रेसले विश्वासको मत दिने रोजगारी सिर्जना गर्ने नीति ल्याउन सरकारलाई सुझाव सेयर बजार १५.६७ अंकले ओरालो तिलोत्तमा नगरभित्र गुट्खाजन्य पदार्थ विक्रि गरे ५० हजारसम्म जरिवाना ! ओडिआईमा नेपालको सुधार, एक स्थानमाथि उक्लियो