ताजा अपडेट »

निर्मलाको ‘भेजाइनल स्वाब’ सँग आमाको डीएनए मिल्यो

सोमबार, १४ माघ २०७५, ०७ : ५९
8 Shares

माघ १४,

काठमाडौं । निर्मला पन्तको भेजाइनल स्वाब र आमा दुर्गादेवीको रगतबाट लिइएको डिएनए प्रोफाइल म्याच भएको छ । बलात्कारपछि हत्या गरिएकी निर्मलाको भेजाइनल स्वाब हो कि होईन भन्ने आशंका बढेपछि आमा दुर्गादेवीको डिएनए परीक्षण गरिएको थियो ।

उक्त परिक्षणको क्रममा निर्मलाको भेजाईनल स्वाबसँग म्याच खाएको प्रहरी स्रोतले जनाएको छ । निर्मलाको भजाइनल स्वाबबाट तयार पारिएको डिएनए प्रोफाइलसँग आमा दुर्गादेवीको रगतको नमुनाबाट तयार पारिएको डीएनए प्रोफाइलसँग मेल खाएको रिपोर्ट आएको कञ्चनपुरका प्रहरी प्रमुख एसपी कुवेर कडायतले जानकारी दिए ।

निर्मलाको भेजाइनल स्वाबबाट तयार पारिएको डीएनए उनको हो वा होइन भन्ने सबैमा शंका थियो । त्यही शंका कम गर्न आमा दुर्गादेवीले रगतको नमुना संकलन गरिदिन आग्रह गरेकी थिईन् । सोही आग्रह बमोजिम प्रहरीले रगत संकलन गरेर प्रयोगशाला र विधि विज्ञान दुवै ठाउँमा नमूना पठाएको थियो ।

प्रहरीले गत पुष २६ गते उनको रगतको नमुना संकलन गरेर काठमाडौं पठाएको थियो । रिपोर्टमा दुवैको डीएनए प्रोफाइल ९९ दशमलव ९९ प्रतिशत मेल खाएको प्रहरीले जनाएको छ ।

निर्मलाकी आमा दुर्गादेबीले अनुसन्धानमा सहयोग पुर्‍याउन आफू तयार रहेको भन्दै सुरुदेखि नै आफ्नो रगतको नमुना संकलन गर्न माग राख्दै आएकी थिइन्। दुर्गादेवीले पुष २६ गते रगतको नमुना दिएपनि उनका श्रीमान यज्ञराजले भने दिन मानेका थिएनन्। उनले रगत किन दिएको भन्दै दुर्गादेवीमाथि कुटपिट गरेका थिए ।

कञ्चनपुरको भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको ६ महिना बितिसकेको छ। अहिलेसम्म उनको हत्यारा पत्ता लाग्न सकेको छैन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।