ताजा अपडेट »

नेपालमा पछिल्लो २४ घण्टामा थपिए ५५७ कोरोना संक्रमित, ८७७ जना निको

आइतबार, ०७ कार्तिक २०७८, १७ : १२
4 Shares

बुटवल । नेपालमा थप ५५७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर नेपालमा थप पीसीआर विधिबाट ६ हजार ६१ र एन्टिजेन विधिबाट १ हजार ५६४ जनामा परिक्षण गर्दा ५५७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ८ लाख ९ हजार ५६ र एन्टिजेनबाट ९४ हजार १५ जना पुगेको छ ।

यस्तै, नेपालमा थप ८७७ जनाले कोरोना जितेका छन् । यससँगै कुल कोरोना जित्नेको संख्या ७ लाख ८७ हजार ५०७ जना पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ३४८ पुगेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।