ताजा अपडेट »

वाइसिएल तिनाउ इन्चार्ज गाहा एमालेमा प्रवेश

आइतबार, ०७ कार्तिक २०७८, ०८ : १०
16 Shares

बुटवल । माओवादी केन्द्रको भातृ संगठन वाइसिएलका पाल्पा तिनाउ इन्चार्ज भेष बहादुर गाहा नेकपा एमालेमा प्रवेश गरेका छन्।
शनिबार भएको नेकपा एमालेको १० औँ महाधिवेशन अन्तरगतको वडा अधिवेशन तथा गाउँ अधिवेशन घोषणा सभामा तिनाउ १ का युवा व्यवसायी गाहा एमालेमा प्रवेश गरेका हुन्।

केहि महिना अघि गठन भएको वाइसिएल इन्चार्ज थापालाई एमाले केन्द्रीय सदस्य तथा पूर्व उद्योग मन्त्री महेश बस्नेतले प्रवेश गराएका हुन्। गाहासहित माओवादीकै युवा नेता हिमाल गाहा नेपाली काँग्रेसका सक्रिय युवा नेता बिरु तामाङ लगायतका दर्जन बढी नेता, कार्यकर्ता एमाले प्रवेश गरेको एमाले तिनाउका उद्योग तथा ब्यवसाय विभाग प्रमुख एवम् जिल्ला कमिटि सदस्य तोया लम्सालले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।