ताजा अपडेट »

एमाले वडा अधिवेशन : लुम्बिनीकी १९ वर्षीया झरना चौधरी सचिवमा

शनिबार, ०६ कार्तिक २०७८, २२ : ४४
4 Shares

सैनामैना। नेकपा एमालेको वडा अधिवेशन शनिबार धेरैजसो ठाउँमा सम्पन्न भएको छ । रुपन्देहीका पनि अधिकांश पालिकामा सर्वसम्मत नेतृत्व तथा पादधिकारी चयन भएको छ । रुपन्देहीकै लुम्बिनी सांस्कृतिक नगरपालिकाका सबै वडामा पनि सर्वसम्मत नेतृत्व चयन भएको छ।

लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ६ मा भने १९ वर्षकी झरना चौधरी वडासचिवमा सर्वसम्मत रुपमा चयन भएको पार्टीले प्रारम्भिक जानकारी गराएको छ । रुपन्देही निर्वाचन क्षेत्र नम्बर पाँचका धेरै ठाउँमा युवा अनुहार आएको राष्ट्रिय सभा सदस्य तथा नेकपा एमाले केन्द्रीय सदस्य खिमलाल भट्टराइले बताए ।

लुम्बिनी सांस्कृतिक नगरपालिकामा सबै वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ । शनिवार पार्टीको केन्द्रीय कार्यालयमा एक कार्यक्रमकाबीच पुर्व प्रधानमन्त्री पार्टी अध्यक्ष केपी शर्मा ओलीले भर्चूअल माध्यमबाट वडा अधिवेशनको उद्घाटन गरेसँगै देशभरका ६ हजार ७ सय ४३ वटा वडाको अधिवेशन सुरु भएको थियो ।

लुम्बिनी सास्कृतिक नगरपालिका वडा नं १ का २६ वर्षीय सुरज कलवार वडा कमिटी अध्यक्ष भएका छन् । उनी सानै उमेरमा नेकपा एमाले लुम्बिनी सांस्कृतिक नगर वाड न १ को अध्यक्ष बनेका छन्। यस्तै लुम्बिनी सांस्कृतिक नगरपालिका वाड न ६ मा १९ वर्ष कि झरना चौधरी वडा सचिव बन्दा राजनीतिमा युवा पुस्ताको चासो बढेको देखिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।