ताजा अपडेट »

एमाले वडा अधिवेशन : बुटवल उपमहानगरका सबै वडामा सर्वसहमत

शनिबार, ०६ कार्तिक २०७८, २० : ५२
8 Shares

बुटवल । नेपाल कम्यूनिष्ट पार्टी (एमाले) को प्रथम वडा अधिवेशन अन्तरगत बुटवल उपमहानगरपालिकाका सबै वडामा सर्वसहमतिमा नेतृत्व चयन भएको छ । जिल्लाको एमात्र उपमहानगर बुटवलका १९ वटै वडामा सहमतिमा नेतृत्व चयन भएको हो ।

वडा नम्बर १ मा रञ्जु भट्टराई, २ मा सारथी अर्याल, ३ मा पदमराज रिजाल, ४ मा निधिराम ज्ञवाली, ५ मा कोशलराज गैरे तथा ६ मा राजकुमार भट्टराई चयन भएका छन् । यसैगरी वडा नम्बर ७ देखि १९ सम्म क्रमशः बबसुन्धरा भुसाल, नारायण खनाल, भोजबहादुर बुढाथोकी, कला के.सी, दिनानाथ भट्टराई, हुमबहादुर क्षेत्री, झविन्द्र थापा, कृष्ण भुसाल, पूर्ण काफ्ले, चुरामणी पौडेल, सुर्यप्रसाद न्यौपाने, सागर थापा र चन्द्रसिंह थापा चयन भएका छन् ।

वडा अधिवेशनपछि ९ गते नै पालिका स्तरिय अधिवेशन हुने र निर्धारित मितिमै केन्द्रिय महाधिवेशन पनि सम्पन्न गर्ने एमालेले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।