ताजा अपडेट »

गुल्मीको धुर्कोटमा ५ दर्जन बढी एमालेमा प्रवेश

शनिबार, ०६ कार्तिक २०७८, २० : २७
4 Shares

गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका–७ वाग्लामा नेकपा माओबादि केन्द्र तथा नेपालि काँग्रेस परित्याग गरी ५ दर्जन बढी एमालेमा प्रवेश गरेका छन् । एमालेको प्रथम वडा अधिवेशनमा आयोजित कार्यक्रममा उनीहरु एमालेमा प्रवेश गरेको अनेरास्ववियूका नेता बासुदेब घिमिरे बताए ।

घिमिरेका अनुसार लामो समयदेखि माओवादी केन्द्रमा आवद्ध भएका कृष्ण पन्थी, बिन्दु पन्थी, बासु गिरी, सिता राम गिरी, लगायतका स्थानीय नेता कार्यकर्ताहरुलाई एमालेका जिल्ला कमिटि सचिबालय सदस्य कृष्ण घिमिरेले टिका लगायर एमालेमा स्वागत गरेका थिए ।

कार्यकताहरुलाई बधाई तथा स्वागत गदै घिमिरेले एमालेले मात्र देशको बिकास र समृद्धि गर्ने बताए । काँग्रेस तथा माओवादी पार्टीमा देशलाई समृद्धितर्फ लैजाने कुनै एजेण्डा नभएका कारण एमाले प्रवेश गरेको नवप्रवेशीहरुले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।