ताजा अपडेट »

एमाले वडा अधिवेशन : बुटवल-१३ को अध्यक्षमा थापा सर्वसम्मत

शनिबार, ०६ कार्तिक २०७८, १८ : ४७
10 Shares

बुटवल । नेकपा ( एमाले) बुटवल उपमहानगर कमिटी वडा नम्बर १३ को शनिबार सम्पन्न अधिवेशनले झबिन्द्र थापाको अध्यक्षतामा सर्वसम्मत नयाँ कमिटी चयन गरेको छ । कमिटीको उपाध्यक्षमा शिबलाल उपाध्याय, सचिवमा जमुना सुवेदी, उप सचिबमा कमला पान्डे र सुर्य सुवेदी निर्वाचित भएका छन् । अधिवेशनले ४१ सदस्यीय नयाँ कमिटी सर्वसम्मत चयन गरेको हो ।

अधिवेशनको उदघाटन समारोहमा बोल्दै नेकपा (एमाले) केन्द्रिय प्रचार विभाग सदस्य डि आर घिमिरेले नेताले बाटो बिराएपनी कार्यकर्ता सचेत रहेकाले पार्टी बलियो रहेको बताए । “पार्टी सशक्त बनाउन कार्यकर्तालाई अझै प्रशिक्षण जरुरी छ । निति सिद्धान्त नवुझ्दा कर्याकर्ता नटिक्न सक्छ्न, त्यसैले पार्टीले यसमा अगुवाइ गर्नुपर्छ ।“ उनले भने । प्रधानन्यायाधीशले न्यायपालिकाको गरिमा राख्न नसकेकाले सर्बत्र आलोचना भैरहेको बताउँदै उनले न्यायालयमा राजनीति हुँदा सत्ता बदलिएको उल्लेख गरे ।

क्षेत्रीय संयोजक तेजेन्द्र केसीले विगतका वर्षमा पार्टीको नीति र सिद्धान्त बुझेका कार्यकर्ताको भिड जम्मा हुँदा समस्या रहे पनि अब प्रतिबद्ध कार्यकर्ताको सक्रियताले झन बलियो हुने बिश्वास ब्यक्त गरे । उनले संगठनबाट केही ब्यक्ति बाहिरीए पनि एमालेको जग बलियो भएकाले कुनै असर नगर्ने दाबी गरे। “अब हामी एउटै नीति र सिद्धान्तमा अघि बढछौ “,उनले भने ।

जिल्ला कमिटी सदस्य मधुकला कुँवरले विगतको निर्वाचनबाट पाठ सिकेर पार्टीलाई नयाँ उचाईमा पुर्याउन सबैको सक्रियता आवस्यक रहेकोमा जोड दिइन् । बुटवल उपमहानगर कमिटी अध्यक्ष बाबुराम पन्थीले वडा नम्बर १३ मा यसअघि चुनावमा पराजय बेहोर्नु परेपनि आगामी चुनावमा सबैभन्दा बढी अन्तरले जित्ने वातावरण बनाउन आग्रह गरे ।

जिल्ला कमिटी सदस्य किसन ज्ञवालीले टोलदेखि केन्द्रसम्म नयाँ नेतृत्व चयन गरि पार्टीलाई देशभर बिजयी बनाइ मुलुकको शान्ती र समृद्धिको आकान्क्षा पूरा गर्नुपर्ने धारणा राखे। नेता योग गुरुङले संगठन मजबुद बनाउन सबैको एकता आवश्यक रहेको बताउँदै शाखा कमिटीलाई अझै सक्रिय बनाउनुपर्ने बताए।

कार्यक्रममा पुर्ब अध्यक्षहरु मोहन गौडेल, भरतराज गौतम, नगर कमिटीका सचिबालय सदस्य शोभाखर पोखरेल, शाखा कमिटी निवर्तमान अध्यक्ष दिपक पन्थी, सचिब जमुना सुवेदी लगाएतले बोल्दै अब वडा सहित नगरलाई एमालेमय बनाउन सबैले सक्रिय भूमिका खेल्नुपर्ने बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।