ताजा अपडेट »

एमालेको राष्ट्रिय महाधिवेशनमा विद्युतीय मतदान हुने

शुक्रबार, ०५ कार्तिक २०७८, १९ : ५४
2 Shares

काठमाडौं । नेकपा एमालेको १०औँ महाधिवेशनमा विद्युतीय मतदान हुने भएको छ । च्यासलमा बसेको स्थायी कमिटी बैठकले आगामी मंसिरमा चितवनमा हुने राष्ट्रिय महाधिवेशनमा विद्युतीय मतदान गराउने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

'बैठकले १०औँ महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय मतदान मेसिन प्रयोग गर्ने निर्णय गरेको छ', उनले भने, 'यसका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन निर्वाचन आयोगलाई आग्रह गरेका छौँ ।'

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।