ताजा अपडेट »

बुटवलमा प्रस्तावित एमाले १० औं महाधिवेशन चितवन सर्यो

विहीबार, ०४ कार्तिक २०७८, १९ : १८
14 Shares

काठमाडौं । नेकपा एमालेले पार्टीको १० औं महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको छ । यसअघि विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले बुटवलमा महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए । तर, बिहीबार बसेको स्थायी कमिटी बैठकले मंसिरमा तय महाधिवेशनको स्थान चितवन तोकेको हो ।

स्थायी कमिटी सदस्य विष्णु रिमालले आजको स्थायी कमिटी बैठकबाट महाधिवेशन मूल व्यवस्थापन सिमिति ३१ सदस्यीय बनाइएको जानकारी पनि दिएका छन् । एमाले महाधिवेशन १०(१२ मंसिरमा हुँदै छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।