ताजा अपडेट »

थप ६६२ जनामा कोरोना संक्रमण, १३ जनाको मृत्यु

बुधबार, ०३ कार्तिक २०७८, १७ : ३६
2 Shares

बुटवल । पछिल्लो २४ घण्टामा नेपालमा थप ६६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ७ हजार २२ र एन्टिजेन विधिबाट १ हजार ४०४ जनामा परिक्षण गर्दा ६६२ जनामा कोरोना संक्रमण देखिएको हो ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ८ लाख ७ हजार ५२ र एन्टिजेनबाट ९३ हजार ६९६ जना पुगेको छ । यस्तै, आज थप ७५८ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ७ लाख ८४ हजार १५५ जना पुगेको छ । निको हुने दर ९७।१ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ३१८ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ११ हजार ५७९ रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।