ताजा अपडेट »

कोरोनाले रोजगार गुमाएका श्रमजीविलाई राहत प्याकेज ल्याउँछौं : मन्त्री श्रेष्ठ

बुधबार, ०३ कार्तिक २०७८, १५ : ३०
12 Shares

बुटवल । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री किसान श्रेष्ठले कोरोना महामारीले रोजगार गुमाएका श्रमिकहरुको लागि राहत प्याकेज ल्याउने तयारी गरिरहेको बताएका छन् । नेकपा एकीकृत समाजवादी रुपन्देहीले आयोजना गरेको कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले कोरोना महामारीले रोजगारी गुमाएको विषम् परिस्थितीमा श्रमजीवीलाई राहत महसुस गराउन रोजगारीका अवसरहरु सिर्जना गर्ने तयारी गरिरहेको बताए । ‘कोरोना महामारीले कैयौं नेपालीहरुले रोजगारी गुमाएको अवस्था छ ।’ उनले भने, ‘श्रमजीविहरुलाई कसरी उत्थान गर्न सकिन्छ । कसरी राहत महसुस गराउन सकिन्छ भन्ने हिसाबमा लागेका छौं ।’

श्रेष्ठले मन्त्रालयलाई व्यवस्थित गर्ने काम भइरहेको बताउँदै श्रमजीविहरुको हकहितको लागि कसरी काम गर्ने भन्ने योजना बनाईरहेको धारणा व्यक्त गरे । उनले भने, ‘मन्त्रालयलाई कसरी लैजाने, मन्त्रालयले कसरी काम गर्ने र सिंगो नेपालका श्रमजीविहरुको हकहितको लागि कसरी काम गर्ने लगाएतमा हामिहरु योजना बनाउँदै छौं ।’ उनले सामाजिक सुरक्षाकोष, प्रधानमन्त्री स्वरोजगार कार्यक्रमहरुलाई अझ प्रभावकारी बनाउँने विश्वास व्यक्त गरे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।