ताजा अपडेट »

बेमौसमी वर्षा : लुम्बिनीमा ३६ हजार ४ सय हेक्टर क्षेत्रफलको धानमा क्षति

बुधबार, ०३ कार्तिक २०७८, ११ : १३
4 Shares

दाङ । अविरल बर्षाका कारण लुम्बिनी प्रदेशको कृषि उब्जनीमा ठूलो नोक्सानी पुर्‍याएको छ । मुलतः काटेर खेतमै राखिएको हजारौँ हेक्टर जमिनको धानमा बर्षाले नोक्सानी पुर्‍याएको छ । लुम्बिनी प्रदेश कृषि बिकास निर्देशनालयका अनुसार प्रदेशका १२ जिल्लामा काटेर खेतमै राखिएको ३६ हजार ४ सय ८० हेक्टर क्षेत्रफलको धान नष्ट भएको छ ।

यसैगरी काट्न बाँकी रहेको ९३ हजार ५ सय ७६ हेक्टर क्षेत्रफलको धान ढलेको छ । प्रदेशभर कुल खेती भएको ३ लाख १७ हजार ४ सय १४ हेक्टर क्षेत्रफल मध्य किसानले ५५ हजार ५४ हेक्टर क्षेत्रफको धान भित्र्याएका छन् । प्रदेश निर्देशनालयले संकलन गरेको बिबरण अनुसार दाङमा काटेर खेतमै राखिएको ३ हजार ४ सय हेक्टर जमिनको धानमा नोक्सानी पुर्याएको छ । यसैगरी काट्न बाँकी ४ हजार ३ सय हेक्टर जमिनको धान बर्षाले ढालेर क्षेती पुगेको छ । दाङमा बर्षा अघि १० हजार हेक्टर जमिनको धान भित्र्याईएको छ ।

यसैगरी बर्दियामा काटेर खेतमै राखिएको १० हजार हेक्टर जमिनको धानमा क्षेती पुगेको छ । यसैगरी २५ हजार २ सय हेक्टर जमिनको काट्न बाँकी रहेको धान ढलेर नष्ट भएको छ । बर्दियामा १५ हजार २० हेक्टर जमिनको धान भित्र्याईएको छ । यसैगरी बर्दियामा केरा बालीमा समेत बर्षाले क्षेती पुर्‍याएको छ । निर्देशनालयका अनुसार ७३ हेक्टर जमिनमा लगाईएको केराका बोटहरु बर्षाले ढालेको छ ।

यसैगरी बाँकेमा काटेर खेतमै रहेको ७ हजार ५ सय हेक्टर जमिनको धान पानीले क्षेती गरिदिएको छ । यसैगरी काट्न बाँकी रहेको १० हजार हेक्टर जमिनको धान बर्षाले ढालेर क्षेती पु¥याएको छ । बाँकेमा १ हजार १ सय हेक्टर जमिनको धानमात्रै भित्र्याईएको छ ।

यसैगरी कपिलवस्तुमा काटेर खेतमै राखिएको ८ हजार ८ हेक्टर क्षेत्रफलको धान नष्ट भएको छ । यस्तै काट्न बाँकी २७ हजार ४ सय ५५ हेक्टर जमिनको धानमा क्षेती पुगेको छ । यस्तै रुपन्देहीमा काटिएको ३ हजार ४ सय ६८ हेक्टर जमिनको धानमा क्षेती पुगेको छ भने २० हजार ७ सय ९३ हेक्टर जमिनमा रहेको काट्न बाँकी धानमा बर्षाले क्षेती पु¥याएको छ । यस्तै प्यूठानमा काटेर खेतमै रहेको ३ हजार ७ हेक्टर जमिनको धानमा क्षेती पुगेको छ भने काट्न बाँकी ७ सय ८८ हेक्टर जमिनको धान पनि बर्षा अनि हावा हुरीले ढालेको छ ।

यस्तै नवरपरासी –पश्चिम)मा काटेर खेतमै रहेको ४ सय १० हेक्टर जमिनको धानमा क्षेती गरेको छ भने ४ हजार १ सय हेक्टर जमिनमा काट्न बाँकी धानमा क्षेती पुर्याएको निर्देशनालयले जनाएको छ । यसैगरी रुकुम पूर्वमा ४ सय १२ हेक्टर जमिनमा काटेर राखिएको धान नष्ट भएको छ । यस्तै गुल्मीमा काटेर खेतमै रहेको ८ हेक्टर जमिनको धान बर्षाले भिजाएर क्षेती पुर्याएको छ । खडा रहेको ६ सय ५० हेक्टर जमिनको धान ढलेर क्षेती पुगेको छ । पाल्पामा काटेर खेतमै रहेको २ सय ७० हेक्टर जमिनको धानमा क्षेती पुगेको छ भने काट्न बाँकी २ सय ६५ हेक्टर जमिनको धानमा क्षेती पुगेको छ ।

यस्तै रोल्पामा मकै र तरकारी बालीमा बर्षाले क्षेती पुर्‍याएको छ । निर्देशनालयका अनुसार रोल्पामा ३५ हेक्टर जमिनमा लगाईएको मकै बर्षाले ढालेको छ । यसैगरी १३ हेक्टर जमिनमा गरिएको सिमी बालीमा बर्षाले क्षेती गरेको छ । ३ सय गोटा स्याउका बोटहरु ढालेको बर्षाले ५ हेक्टर कोदो र ८ हेक्टर जमिनको भटमास क्षेती भएको छ ।

यसैगरी २५ हेक्टर जमिनको धान बाली पनिमा पनि क्षेती पु¥याएको छ । निर्देशनालयका अनुसार अर्घाखाँचीमा भने क्षेती पु¥याएको छैन । निर्देशनालयले बर्षाले धान भिजाएका कारण केहि क्षेती हुने निश्चित भएपनि कति क्षेती हुने भन्ने बिषयमा अहिले एकिन गर्न नसकिने बताउँछ । ‘पानी अँझै केहि दिन परिरह्यो भने बढि क्षेती हुन्छ, तर पानी नपरेर घाम लाग्यो भने कम क्षेती हुन्छ,’ लुम्बिनी प्रदेश कृषि बिकास निर्देशनालयका प्रमुख यामनारायण देवकोटाले भने ‘अहिले यति नै क्षेती हुन्छ भनेर एकिन चाहिँ गर्न सकिन्न ।’

उनका अनुसार पानी नपरेर एक दुईदिनमै घाम लागिसकेको अवस्थामा भने भिजेको धान सुकाउन सकिने र तत्कालै सुकाउन सकिए ठूलो क्षेती हुँदैन । तर लगातार पानी परेर धान भिजिरहेको अवस्थामा भने अहिले बर्षाले भिजाएको सबै धान नष्ट हुने उनले बताए । एक दुई दिनमै बर्षा नभई घाम लागेको अवस्थामा बर्षाले ढालेको धान जोगाउन सकिने उनले बताए । ‘बर्षा भएन र एक दुईदिनमै घाम लाग्न सुरु भयो भने बर्षा र हावाले ढालेको धान सुक्छ, तथा पी त्यसमा पनि केहि क्षेती त हुन्छ नै,’ उनले भने ‘यदि ढलेको धान पनि सुक्न पाएन भने क्षेती अँझ बढि हुन्छ ।’निर्देशनालयका अनुसार प्रदेशमा प्रति हेक्टर ३ दशमलब ५ मेट्रिक टन धान उत्पादन हुने गरेको छ ।

सुमन केसी
लेखकको बारेमा
सुमन केसी