ताजा अपडेट »

दाङमा धानवालीमा पुगेको क्षतिको विवरण संङ्कलन हुँदै

सोमबार, ०१ कार्तिक २०७८, १६ : ०२
8 Shares

दाङ । कृषि ज्ञानकेन्द्र दाङले धानबालीमा पुगेको क्षतिको विवरण संङ्कलनको काम सुरु गरेको छ । अविरल बर्षातका कारण जिल्लाका विभिन्न स्थानमा काटेको धान बालीमा क्षति पुगेपछि विवरण संङकलनको काम सुरु गरेको हो ।

जिल्लाका दश स्थानीयतहको समन्वयमा विवरणको संङ्कलनको काम जारी रहेको ज्ञान केन्द्र दाङका सूचना अधिकृत रुद्रमणी पौडेलले जानकारी दिए । क्षतिको विवरण राती सम्मआई पुग्ने छ । यस वर्ष जिल्लाको ३९ हजार हेक्टर जमिनमा धान खेती गरिएको थियो । जिल्ला अधिकासं क्षेत्रमा अहिले पनि भारी बर्षा भईरहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।