ताजा अपडेट »

सुन्दरी ‘डन’ मिनु, जो बिना कार्यक्रम खल्लो हुन्छन्

मंगलबार, २६ असोज २०७८, १७ : ४७
2 Shares

गुल्मी । सामान्यतया हामी महिलामा बाहिरी सुन्दरता देख्छौं । र, राम्री,सुन्दरी भन्छौं। शारीरिक बनावट र आकर्षणलाई नै पहिलो प्राथमिकता दिनेपनि गर्छौं । महिलाहरुलाई शारीरिक र देखावटी रुपमा मात्रै हेर्नु र सुन्दरतालाई प्राथमिकता दिनु पक्कैपनि न्यायोचित हेराई र व्यवहार सही हुँदैन । महिलाहरु सुन्दर, भावनात्मक र बौद्धिकमात्रै हुँदैनन् । शारीरिक रुपमा पनि शक्तिशाली हुन्छन् । अझै भनौं केहि महिलामा ती सबै सबै विशेषताहरु पनि हुन्छन्। यस्तै युवतीहरु मध्ये बाग्लुङकी मिनु एक हुन् । उनलाई यहाँ ‘डन’ पनि भन्ने गर्दछन् ।

रिष्ट–पुष्ट शरीर,ज्यान सुहाउँदो उचाई,मंगोलियन अनुहार भएकी सुन्दर देखिने त्योभन्दा बढि बहुप्रतिभाशाली युवतीको हुन्,मिनु बिसी । बाग्लुङ्गको ढोरपाटन नगरपालिका–२, बुर्तिबाङ्ग बजारको तारिखेत निवासी मिनु बिसी बिना ढोरापाटन नगरपालिका भित्र मात्रै होइन, पश्चिम बाग्लुङ्गका विभिन्न औपचारिक एवम् साँस्कृतिक कार्यक्रमहरु खल्लो मानिन्छन्।

गायिका रकार्यक्रम उद्घोषिका उनले दर्शकलाई समय बितेको पत्तै नहुने गरि मनोरञ्जन दिन्छिन् । सितोरियो कराँतेमा थर्ड डन प्राप्त गरेकी उनी त्यस खेलको राष्ट्रिय रेफ्री हुन् । पश्चिम नेपालमा डन युवतीका रुपमा खेलकुद क्षेत्रमा उनको चर्चा चल्छ । ५० केजी तौल समूहमा पश्चिम नेपालबाट राष्ट्रिय खेलकूद प्रतियोगितामा गोल्ड मेडल प्राप्त गरेकी उनले बाग्लुङ्ग, पोखरा, बुटवल र काठमाण्डौमा धेरै पटक विभिन्न २५ वटा पदक जितेकी छन् ।

खेलकूद, कलाकारितामा मात्र होइन उनी पत्रकारितामा समेत त्यस भेगमा अब्बल छन्। हाल रेडियो बुर्तिबाङ्गको स्टेशन म्यानेजर रहेकी उनले समाचार लेखन र वाचनका अलवा अन्य मनोरनात्मक कार्यक्रहरु चलाउँदै आएकी छन्।

गायनसंगै मोडलिङ्गमा समेत रुचि राख्ने बिसी अहिले स्नातक प्रथम वर्षमा अध्यानरत छिन् । छिमेकी जिल्ला गुल्मीका विभिन्न कार्यक्रममा समेत उद्घोषण गर्न आउने गरेकी बिसी २०६७ सालदेखि कराते खेलाडी, उद्घोषिका र सञ्चारकर्मीका रुपमा चर्चा कमाउँदै आएकी छन् । थर बिसी लेखाउने उनी विश्वकर्मा समुदायकी हुन्।

प्रेम सुनार
लेखकको बारेमा
प्रेम सुनार