ताजा अपडेट »

एमाले १०औं महाधिवेशन: केपी र घनश्यामबीच प्रतिस्पर्धा

सोमबार, २५ असोज २०७८, ०७ : १३
8 Shares

काठमाडौँ ।  नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उपमहासचिव घनश्याम भुसालले अगामी १०औं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने संकेत गरेका छन् ।विजया दशमी, दिपावली, छठलगायतका चाडपर्वका अवसरमा पत्रकारसँग आइतबार काठमाडौंमा भेटघाट गर्दै उपमहासचिव भुसालले पार्टीको १०औं महाधिवेशनमा अध्यक्षमा उम्मेवारी दिने संकेत गरेका हुन् ।

‘हाम्रो पार्टीको विधानमै स्पष्ट व्यवस्था छ । केन्द्रीय कमिटीको पदाधिकारी भइसकेको व्यक्ति अध्यक्षमा उम्मेदवारी दिन पाउँछ,’ उनले भने ।हालै सम्पन्न एमालेको विधान महाधिवेशनले ७० वर्षे उमेर हदम्यादको व्याख्या गर्दै अध्यक्ष केपी शर्मा ओलीलाई पुनः अध्यक्ष हुन सहज हुनेगरी विधान संशोधन गरेको छ ।

एमालेभित्र ‘१० भाइ’ भनेर चिनिने नेतामध्येका एक उपमहासचिव भुसाल पनि हुन् । वैचारिक नेताका रूपमा समेत चिनिने उपमहासचिव भुसाल महाधिवेशनमा ओलीसँग प्रतिस्पर्धा गर्न आन्तरिक तयारीमा समेत जुटिसकेका छन् ।

एमालेको १०औं महाधिवेशन अगामी १०–१३ मंसिरमा बुटवलमा हुने निर्णय भइसकेको छ । हालै सम्पन्न प्रथम विधान महाधिवेशनले पार्टीको विधान संशोधनसहित पारित गर्दै महाधिवेशनको मितिसमेत टुंगो लगाइसकेको छ । यो समाचार आजको राजधानी दैनिकमा छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।