ताजा अपडेट »

बुटवलको मोतिपुर झडपः २५ प्रहरी घाइते

आइतबार, २४ असोज २०७८, १७ : २८
4 Shares

बुटवल । बुटवलको मोतिपुर औद्योगिक क्षेत्रमा प्रहरी र सुकुम्बासीबिच झडप हुँदा २५ जना प्रहरी घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख मनोज केसीले दिएका जानकारी अनुसार २५ जना प्रहरी र ९ जना स्थानीय घाइते भएको बताए ।

‘अहिलेसम्म २५ जना प्रहरी घाइते भएका छन् ।’ ग्लोबल आवाजसँग कुराकानी गर्दैै प्रहरी प्रमुख केसीले भने ‘ ९ जना स्थानीय र शस्त्र प्रहरी पनि घाइते भएका छन् ।' घाइतेहरुको पुरा विवरण अझै संकलन गर्न बाँकी रहेकाले घाइतेहरुको संख्या अझै बढ्न सक्ने बताए । अहिले पनि सो क्षेत्रको अवस्था तनावग्रस्त रहेको बताए ।

जिल्ला प्रशासन कार्यालयले कर्फ्यू जारी गरेकाले अब पनि सो क्षेत्रमा स्थानीयले भिडभाड गरे फेरि गोली चलाउन सक्ने उनले संकेत गरे । ‘ जिल्ला प्रशासनले सो क्षेत्रमा कर्फ्यू जारी गरेको छ ।’ उनले भने ‘अब पनि भिडभाड जारी रहे के गर्ने भनेर अहिले हामी छलफलमा रहेका छौँ ।’

बसन्त आचार्य
लेखकको बारेमा
बसन्त आचार्य

आचार्य ग्लोबल आवाज अनलाइनका डेस्क संयोजक हुन् ।