ताजा अपडेट »

खुल्ला चौरमा प्रवेश गरेको राजनीतिक खेलाडीको लागि मन्त्री पद गौणः चौधरी

शुक्रबार, २२ असोज २०७८, १२ : ४०
2 Shares

बुटवल । नेकपा एकिकृत समाजवादीका लुम्बिनी प्रदेश अध्यक्ष मेटमणी चौधरीले खुल्ला चौरमा प्रवेश गरेको राजनीतिक खेलाडीको लागि मन्त्री पद गौण भएको बताएका छन्।

समाजवादीबाट मन्त्रीको आकांक्षीसमेत रहेका चौधरीले सो धारणा सार्वजनिक गरेका हुन् । ‘दिर्घकालिन चेत राखेर राजनीति को खुल्ला चौरमा प्रवेश गरेको राजनैतिक खेलाडीको लागि मन्त्री पद गौण विषय बन्न जान्छ ।’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

चौधरीले को मन्त्री भयो भएन भन्दा पनि मुख्य विषय प्रणाली जोगिएकोे बताएका छन्। ‘को मन्त्री बन्नु भयो ? को मन्त्री हुनु भएन ? मुख्य विषय होइन । मुख्य विषय प्रणाली जोगिएको छ । संवैधानिक सर्वोच्च कायम भएको छ र कनूनी राज्यको स्थापना भएको छ ।’–उनले भने ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।