१७ जेष्ठ २०८०, बुधबार

May 31, 2023

बुटवल । अचार पारखीहरुका लागि बसन्ती नाम प्रयावाची जस्तै भएको छ । ५० रुपैयाँबाट सुरु भएको बसन्तीको अचार बन्ने घर करोडको उद्योगका रुपमा परिवर्तन भएको छ ।

Advertisement

३४ वर्ष अघि बसन्ती खत्रीले बनाएको अचार छर–छिमेकले मन पराउन थालेपछि उद्योगको रुपमा स्थापित भएको हो । सामान्य किराना पसल गरेकी उनले पसलमा आँफैले बनाएको अचार पनि बिक्री गर्न थालेपछि माग थप बढ्न थाल्यो । अचार किन्नेहरुको भिड बड्दै गएपछि उनले पसलका अन्य काम नै गर्न भ्याउने अवस्था आएन । पूरा समय अचार बनाउनमै खर्चनु पर्यो ।

सबैको सल्लाह अनुसार किराना पसललाई विस्थापित गर्दै बिस्तारै अचार पसलका रुपमा परिवर्तन भयो । यो सफलतासँगै सानोतिनो उद्योग नै दर्ता गरी व्यवसायिक उत्पादन गर्ने सोँच बसन्तीलाई जाग्यो । उनले २०५२ सालमा घरेलु उद्योगका रुपमा दर्ता गरेको ‘बसन्ती अचार’ ले हाल २ दर्जन बढी परिकारहरु उत्पादन गर्ने गर्दछ ।

सानो उमेरमै बर्मा र भारतमा बस्दा अचार बनाउन सिकेकी बसन्ती बुटवलमा पहिलोपटक अचार उद्योग खोल्ने महिला हुन् । उनको उद्योगमा बार्है महिना अचार खरिद गर्नेको घुइँचो नै लाग्छ । उनी आफै पनि कामदार सरह काम गर्छिन् । बुटवल क्षेत्रका होटेल, किराना पसल तथा हाटबाजरहरुमा मात्र होइन काठमाण्डौं, पोखरा, नारायणगढ लगायतका ठूला शहरहरुमा समेत उनले उत्पादन गरेका अचारका विभिन्न परिकारहरु पुग्ने गर्दछ ।

उत्पादनमा कुनै रसायन (केमिकल) नराख्ने र मसला पनि छुट्टै प्रयोग गर्ने बसन्तीको दाबी छ । आँप, कटहर, मूला, गाजर, अदुवा, लसुन, खुर्सानी, मेथी लगायतका विभिन्न थरिका परिकार बनाउँदा उनले नेपालमै उत्पादन हुने मसला प्रयोग गर्ने गरेकी छन् । प्रतिमहिना करिब ५० क्विन्टल अचार पोखरा र १५ क्विन्टल अचार नारायणगढ पठाउंछिन् उनी । अचार उद्योग चलाएरै उनले चार छोरी र तीन छोरा हुर्काउन, पढाउन सफल भइन् । श्रीमान पहिल्यैदेखि बिरामी भएकाले घरको आर्थिक जिम्मेवारी समेत वहन गर्दै उद्योगलाई निरन्तरता दिएकी बसन्तीको उद्योगमा हाल ५ जना महिलाले रोजगारी पाएका छन् । कोरोना महामारी अघि उनको उद्योगमा एक दर्जन बढी महिलाहरुले प्रत्यक्ष रोजगार पाउने गरेका थिए ।

विभिन्न मेला महोत्सव तथा औद्योगिक प्रदर्शनीमा उनका आधा दर्जन स्टल हुने गर्छन् । अन्य उद्योगको तुलनामा आफ्नो उद्योगको अचार सस्तो र फरक स्वाद भएको उनले दाबी गर्छिन् । उनले खाद्य तथा गुणस्तर विभागबाट उत्कृष्ट महिला उद्यमी पुरस्कार पनि प्राप्त गरेकी छन् भने औद्योगिक प्रदर्शनी र ब्यापार मेलाहरुमा समेत पुरस्कृत हुने गरेकी छन् ।

उनको जेठो छोरो काठमाडौमा बोर्डिङ स्कूलका प्रिन्सिपल छन् भने माइलो छोरा यातायात व्यवसायी हुन् । कान्छो छोरा जापानमा छन् । छोरीहरुको पनि सबैको राम्रो बन्दोबस्त छ । उद्योग सञ्चालन गरेर छोराछोरीको पढाई तथा पालन–पोषणसहित सम्पूर्ण व्यवहार सम्हाल्न सकेकी उनलाई अहिले पैसाको चिन्ता छैन । पैसाका लागि भन्दा पनि आफ्नो नामका लागि उद्योगलाई निरन्तरता दिएको उनले बताउने गरेकी छन् ।

आफूमात्र होइनले उनले अन्य महिलाहरुलाई पनि उद्यमी बनाउन सहयोग गरेकी छन् । विभिन्न ठाउँमा अजार बनाउने तालिमका सहभागिहरुलाई सीप बाँडेकी सावित्राले उनीहरुलाई पनि उद्यमशिल बन्न सल्लाह दिने गरेकी छन् । आफ्नो जमानामा जस्तो ५० रुपैयाँबाट नभए पनि न्यूनतम ५० हजारबाट राम्रैगरी अचार उद्योग सुरु गर्न सकिने उनले बताउँछिन् । सानो लगानीबाट पनि परिवार पाल्न र उद्यमशिल बन्न सम्भब भएको बताउने उनले अन्य महिलाहरुलाई समेत केही गर्न सल्लाह दिने गरेकी छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

नागरिकता विधेयक प्रमाणीकरण हुनु अत्यन्तै सकारात्मक : लोसपा सुखी नेपाली, समृद्ध नेपालका लागि ‘एक घर एक स्काउट’, ‘एक विद्यालय एक युनिट’ प्रधानमन्त्री प्रचण्ड नयाँ दिल्लीमा, राज्यमन्त्री मिनाक्षीले गरिन् स्वागत शिवजी क्षत्रीको कोरियोग्राफी र निर्देशनमा आउरे बाउरे सार्वजनिक बालेनको चेतावनीपछि मन्त्रालयको ताकेता : १० प्रतिशत शैया र निःशुल्क उपचार उपलब्ध गराउ नागरिकता विधेयक प्रमाणीकरण स्वागतयोग्य, तर प्रक्रिया मिलेन : मनिष झा सेयर बजार बुधबार पनि सम्हालिएन कोशी प्रदेशको नाममा पुनर्विचार गर्न १४ जिल्लाका कांग्रेस सभापतिको आह्वान एमालेले डाक्यो सचिवालय बैठक नागरिकता विधेयक प्रमाणीकरण क्रान्तिकारी कदम : प्रधानमन्त्री रुपन्देहीमा देवदह दरबार अनुमान गरिएको खयरडाँडामा उत्खनन आफ्नै अभियानविपरीत धनगढी उपमहानगरले बनायो नाला मिचेर सडक प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान (फोटो फिचर) जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ फ्रान्स पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ प्रधानमन्त्री प्रचण्ड ४ दिने भारत भ्रमणका लागि प्रस्थान कोशी प्रदेश सरकारबाट बाहिरियो जसपा सर्बिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ नेपालको राष्ट्रिय अखण्डमाथिको प्रहार रोक्न प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण केन्द्रित रहोस् : प्रजातान्त्रिक युवा संगठन बाफ्टा विजेता फिलिपको फिल्ममा सामन्था